Logo

नाकाबन्दीबारे जानकारी दिन निर्देशन, ‘अत्यावश्यक वस्तुको अभाव झेल्नुनपरोस्’:समिति

नाकाबन्दीबारे जानकारी दिन निर्देशन, ‘अत्यावश्यक वस्तुको अभाव झेल्नुनपरोस्’:समिति


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१६ असोज,काठमाडौं । कृषि तथा जलस्रोत समितिले आयात निर्यात र आपूर्तिको अवस्थाबारे समितिलाई जानकारी दिन सरकारलाई निर्देशन दिएको छ ।

समितिले नाकाबन्दीबाट सिर्जना भएको संकट र नजिकिदै गरेका चाडपर्वलाई मध्यनजर गरी सो बारे जानकारी दिन निर्देशन दिएको हो ।

समितिको शुक्रबार बसेको बैठकले हालको देशको आन्तरिक उत्पादनको अवस्था, खाद्यान्न सङ्कटको सम्बोधन र आपूर्ति सहज बनाउन सरकारले गरेका तयारी बारे वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरी एक साताभित्र समितिलाई विस्तृत विवरण र योजना पेस गर्न निर्देशन दिएको हो ।

समितिले विगत केही दिनदेखिको अघोषित नाकाबन्दी, ६ हप्तादेखि तराई मधेस क्षेत्रमा चलिरहेको आन्दोलन तथा अवरोधका कारण जनजीवन कष्टकर र अस्तव्यस्त बनिरहेका बेला नजिकिँदै गरेको चाड पर्वहरूमा जनताले अत्यावश्यक वस्तुको अभाव झेल्नुनपरोस् भनी सरकारको ध्यानाकर्षण गराएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL