Logo

बजेटलाई तत्काल कार्यान्वयनमा लैजान अर्थमन्त्रीको पुनः निर्देशन

बजेटलाई तत्काल कार्यान्वयनमा लैजान अर्थमन्त्रीको पुनः निर्देशन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले चालु आर्थिक बर्षको बजेटमा समावेश भएका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न मन्त्रालय अन्तर्गतका महाशाखाका प्रमुखहरुलाई पनुः निर्देशन दिएका छन् । उनले महाशाखालाई मंगलबार यस्तो निर्देशन दिएका हुन् । यसअघि अर्थमन्त्री डा महतले भदौ १६ गते बिगत बर्षहरुमा जस्तो ढिलो काम हुने प्रबत्तिलाई निरुत्साहित गरी बजेटमा उल्लेखित कामहरुलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न निर्देशन दिएका थिए ।

bizkhabar_fm
मन्त्री महतले चालु आर्थिक बर्षको बजेट कार्यान्वयन छिटो गर्ने सम्वन्धमा समीक्षा आफ्नै कार्यकक्षमा महाशाखाका कर्मचारीहरु सहितको बैंठक राखेका थिए । उक्त छलफलमा बजेट कार्यान्वयनका बारेमा भएको प्रगतिलाई बूँदागतरुपमा प्रस्तुत गरिएको थियो र ती कार्यक्रमहरुको कार्यान्वयनको पछिल्लो अवस्थाबारे छलफल भएको थियो ।
कानून निर्माणका कामहरुमा ढिलाई भएमा विकास निर्माण तथा लगानी समेत प्रभावित हुने भन्दै अर्थमन्त्री डा महतले  नयाँ आर्थिक सुधारसँग सम्वन्धित सबै ऐन कानूनहरुको मस्यौदा निर्माणलाई यथाशीघ्र पूरा गर्न निर्देशन दिएका दएका छन् । छलफलमा अर्थसचिव सुमनप्रसाद शर्माले बजेटमा उल्लेख भएका कार्यक्रमहरुको कार्यान्वयनको लागि महाशाखाहरुले सक्रियताका साथ काम गरिरहेको बताउँदै  आगामी दिनमा अझ सक्रिय हुने बताएका छन् ।

छलफलमा बजेटमा उल्लेख भएबमोजिम आर्थिक सुधारसँग सम्वन्धित ऐन कानूनहरुको तर्जुमाबारे भैरहेको पछिल्लो अवस्थाका बारेमा कानून महाशाखाका प्रमुख मणिराम ओझाले जानकारी गराएका थिए । यस्तै, बैंक तथा बित्तीय क्षेत्रका बारेमा सहसचिव नवराज भण्डारी, आर्थिक स्थितिका बारेमा अर्का सहसचिव शिशिरकुमार ढुंगाना, अनुगमनको स्थितिका बारेमा कृष्णप्रसाद देवकोटा र बजेटका बारेमा उपसचिव निर्मलहरि अधिकारीले  पछिल्लो अवस्थाका बारेमा प्रस्तुति गरेका थिए ।
लगानीयोग्य पुँजी नभएका साना र मध्यम व्यवसायीहरुलाई उपलब्ध गराउने भनिएको स्टार्ट अप फण्ड, पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजारको मूल्य अनुसारको मूल्य समायोजन, कृषि कर्जाको ब्याज अनुदान, मापदण्ड पूरा गरेका मुद्रण उद्योगहरुलाई दिइने सुरक्षण मुद्रणको इजाजत, कमोडिटी मार्केट, कृषि, पशु तथा बाली बीमा, ठूला उत्पादनमूलक उद्योग तथ पर्यटन उद्योग, युवा स्वरोजगारी, चिया उद्योग लगायतका बिषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL