Logo

भोलिदेखि निजी सवारीलाई तेल नदिइने, यात्रुवाहकलाई प्राथमिकता

भोलिदेखि निजी सवारीलाई तेल नदिइने, यात्रुवाहकलाई प्राथमिकता


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१३ असोज,काठमाडौं । सरकारले बिहीवारदेखि निजी सवारीलाई पेट्रोलियम पदार्थ नदिने भएको छ । आज गृह मन्त्रालयमा बसेको सरोकारवाला निकायको संयुक्त बैठकले यस्तो निणर्य गरेको हो । बैठकमा बाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम, यातायात व्यवस्था विभागसहित गृहमन्त्रालयको उपस्थिती थियो ।

जसअनुसार अत्यावश्यक समान ढुवानी गर्ने सवारी बाहेक ट्रक र ट्रिपरलाई समेत तेल नदिने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार यात्रु बोक्ने सार्वजनिक गाडी र अत्यावश्यक सेवाका सवारीलाई मात्र तेल दिने निणर्य भएको हो ।

भारतले अघोषित नाकाबन्दी गरेपछि सरकारले सोमवारदेखि पेट्रोलियम पदार्थमा कोटा प्रणाली लगाएको थियो । यात्रु चढ्ने तथा अत्यावश्यक वस्तु ढुवानीलाई प्राथमिकता दिँदै सरकारले सो निणर्य गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL