Logo

आजदेखि डिजेल र मटितेलको मूल्य १ रुपैयाँले घट्यो, पेट्रोलको यथावत

आजदेखि डिजेल र मटितेलको मूल्य १ रुपैयाँले घट्यो, पेट्रोलको यथावत



काठमाडौं । नेपाल आयल निगमले डिजेल र मटितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ । इन्डियन आयल कर्पोरेशनले १६ सेप्टेम्बर ९भदौ ३१० मा पठाएको मूल्यअनुसार डिजेल र मटितेलको मूल्य घटाइएको हो ।

निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार नयाँ मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ । नयाँ मुल्य अनुसार डिजेल र मटितेलको प्रतिलिटर मूल्य ९०र९० रुपैयाँ कायम गरिएको छ । निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको जनाएको छ ।

अहिले पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ रहेको छ । निगमले मुल्य समायोजन भएपछि पनि भारतीय सीमा रक्सौलसम्म जोडिएको नेपालको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर रु २९.४४ र डिजेल प्रति लिटर रु ३६.३८ ले नेपालतर्फ सस्तो रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL