Logo

अर्थमन्त्रीबाट बाहिरिएका खतिवडा अझै पावरफुल, बने प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार

अर्थमन्त्रीबाट बाहिरिएका खतिवडा अझै पावरफुल, बने प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार



काठमाडौं । दुई बर्षे चिठ्ठाका कारण राष्ट्रिय सभाको संसद पद सकिएसँगै अर्थमन्त्रीबाट बाहिरिएका निवर्तमान अर्थमन्त्री युवराज खतिवडा अझै पावरफुल भुमिकामा नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैंठकले उनलाई मन्त्री सरहकै सेवा सुविधा सहित प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेसँगै उनको भुमिका अझै बढी हुने भएको हो ।

यस अघि अर्थमन्त्रीको भुमिकामा सिमित रहँदै आएका खतिवडालाई प्रधानमन्त्रीको आर्थिक विशेष सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरिएको परराष्ट्र मन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

अबका दिनमा निवर्तमान अर्थमन्त्री खतिवडाले प्रधानमन्त्रीसँग रहेर विशेष आर्थिक सल्लाहकारको भुमिका निर्वाह गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL