Logo

सुशील भट्टलाई लगानी बोर्डको सीईओको रुपमा काम गर्न उच्च अदालतकाे राेक

सुशील भट्टलाई लगानी बोर्डको सीईओको रुपमा काम गर्न उच्च अदालतकाे राेक



काठमाडौं । उच्च अदालत पाटनले सुशील भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा काम गर्न रोक लगाएको छ । न्यायाधीश नकुल सुवेदीको इजलासले भट्टलाई लगानी बोर्डको सीईओको रुपमा नियुक्त गर्ने निर्णय कार्यान्वयन नगराउन आदेश दिएको हो । अदालतले ३२ गतेसम्मको लागि उक्त आदेश दिएको हो ।

नियुक्तिको कारणबारे बुझ्न अदालतले ३२ गते सरकारी प्रतिनिधिलाई बोलाएको छ । त्यसपछि यो रिटको अन्तिम निर्णय हुनेछ । लगानी बोर्डको सीईओमा नियुक्तिको लागि योग्यता नपुगेको भन्दै अधिवक्ता जयबहादुर भुजेलले पाटन उच्च अदालतमा रिट दायर गरेका थिए ।

साउन १९ गतेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका सुशील भट्टलाई लगानी बोर्डको सीइओ नियुक्त गरेको थियो । कैयौँ आयोजना अलपत्र पारेको र कालोसूचीमा परेका ठेक्कामा भट्टको संलग्नता रहेको भन्दै चौतर्फी आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL