Logo

लामो दुरीको सार्वजनिक यातायात र उड्यन सेवा भदौ १५ सम्म बन्द गर्ने सरकारकाे निर्णय, भारतबाट भित्रिने नाका घटाईयो

लामो दुरीको सार्वजनिक यातायात र उड्यन सेवा भदौ १५ सम्म बन्द गर्ने सरकारकाे निर्णय, भारतबाट भित्रिने नाका घटाईयो



काठमाडौं । सरकारले सरकारले लामो दुरीको सार्वजनिक यातायात सेवा र हवाई उड्यन सेवा भदौ १६ गतेदेखि मात्रै संचालनमा ल्याउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १६ गतेदेखि मात्रै खोल्ने निर्णय गरेको हो ।

कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को सिफारिसअनुसार १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको हो ।

५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो ।

तर पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि यस्तो निर्णय गर्नुपरेको विज्ञहरुले बताउँदै आएका छन् । यस्तै आजको मन्त्रिपरिषद बैठकले भारतबाट आउने नेपालीहरुका लागि तोकिएको प्रवेश बिन्दु २० बाट १० मा झारेको छ भने अन्यत्रबाट आउनेहरुलाई पूर्ण रुपमा निशेष गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL