Logo

महासंघद्वारा नयाँ संविधानको  स्वागत, ३ गते सवै उद्योग कलकारखाना विदा

महासंघद्वारा नयाँ संविधानको  स्वागत, ३ गते सवै उद्योग कलकारखाना विदा


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३१ भदौं, काठमाडौं । देशमा संविधान आएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ । मुलुकले हासिल गरेको भन्दै यस उपलव्धी हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रमुख राजनीतिक दलहरु, नेपाल सरकार, सिंगो संविधानसभा र यस कार्यमा आफ्नो स्थानबाट प्रत्यक्ष एवं परोक्षरुपमा महत्वपूर्ण सहयोग पुरयाउने नेपाली जनता एवं संचारक्षेत्रप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

‘नयां संविधानको घोषणा गरि संक्रमणकालिन राजनीतिको प्रसव पीडाबाट मुलुकलाई पार गराई शान्ति र समृद्धिको वाटोतर्फ अग्रसर गराउने कार्यमा देखाइएको तत्तपरताको महासंघ सराहना गर्दछ,’ महासंघद्वारा जारी विज्ञप्तीमा उल्लेख छ, ‘ऐतिहासिक जनआन्दोलनबाट मुलुकले हासिल गरेको राजनीतिक सफलतालाई संस्थागत गर्ने कार्यमा नयां संविधान कोशेढुंगा हुने हाम्रो ठहर छ ।’ साथै, संक्रमणकालको अन्त्यसंगै मुलुक अव शान्ति, समृद्धि र विकासको मार्गतर्फ लम्कने विश्वास निजी क्षेत्रले लिएको महासंघले जनाएको छ ।

निजी क्षेत्रका तर्फबाट महासंघले नयां संविधानमा दिएका सुझावहरुलाई आत्मसात गरि बढीभन्दा बढी समावेश गरिएकोमा निजी क्षेत्र अत्यन्त उत्साहित समेत भएका बताउँदै महासंघ सवै राजनीतिक दलहरुको अवको एकशूत्रिय एजेण्डा आर्थिक समृद्धिनै हुनुपर्नेमा जोड दिएको छ ।सन् २०२२ सम्म नेपाललाई विकासशील मुलुकको दांजोमा पुरयाउन दोहोरो अंकको आर्थिक वृद्धि आवश्यक भएकाले सो अनुरुपको लगानी भित्रयाउने निजी क्षेत्रको तत्तपरतालाई सरकारका सवै कार्यक्रमहरुबाट सहयोग हुन समेत आग्रह गरेको छ ।

संविधानसभाबाट संविधान वनाउने क्रममा आफ्ना माग र अधिकारको यथोचित संवोधन नभएको भन्दै कतिपय राजनीतिक दलहरुले एक महिनाभन्दा गरेका बन्द हड्ताल रोक्न समेत आग्रह गरेको छ । ‘बन्द, हड्तालको असरले औद्योगिक एवं व्यवसायिक क्षेत्रमा पर्न गएको दूरगामी प्रतिकूल असर गरेको छ,’ विज्ञप्तीमा उल्लेख छ, ‘आगामी दिनमा सवै समस्याहरुको निकास संवाद र सहमतीबाटै हुनुपर्दछ ।’

साथै नयां संविधान प्राप्तिको खुशीयालीमा २०७२ असोज ३ गते ऐतिहासिक दिन समेत भएकाले सो दिन आफ्ना संघ संस्था, उद्योग प्रतिष्ठान, कलकारखानामा सार्वजनिक विदा दिई दीपावली गर्न सवै सदस्य जिल्ला नगर उद्योग वाणिज्य संघहरु, वस्तुगत संघहरु, द्विाष्ट्रिय उद्योग वाणिज्य संघहरु र एसोसिएट सदस्यहरुलाई महासंघले आग्रह गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL