Logo

संचय कोषमा ३० हजार कार्यालयको १ खर्ब ८९ अर्ब, संचयकर्तालाई १ खर्ब ६ अर्ब सापटी

संचय कोषमा ३० हजार कार्यालयको १ खर्ब ८९ अर्ब, संचयकर्तालाई १ खर्ब ६ अर्ब सापटी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३१ भदौं, काठमाडौं । कर्मचारी संचय कोषले देशभरका कर्मचारीको कुल १ खर्ब ८९ अर्ब रुपैयाँ जम्मा गरेको छ । कोषले देशका कुल ३० हजार कार्यालयका कर्मचारीकोहरुले आफ्नो तलव कट्टा गरी पठाएको रकम जम्मा गरेको हो । हालसम्म कोषमा संचयकर्ताको संख्या ५ लाख जना पुगेको छ ।

कोषले हालसम्म १ खर्ब रुपैयाँ ६ अर्ब रुपैयाँ ऋण सापटी दिएको छ । परियोजना कर्जामा २५ अर्व ५७ करोड रुपैयाँ लागानी गरेको छ भने सेयरमा २ अर्ब २२ करोड रुपैयाँ लगानी गरेको कोषले जानकारी दिएको छ । त्यसैगरी, जगेडा कोषमा ३ अर्ब ९९ करोड रुपैयाँ रहेको छ ।

कोषमा सपिङ मलमा पनि लगानी गर्दै आएको छ । हाल काठमाडौं मल, ललितपु मल कोषले निर्माण गरेको छ । भवन तथा आवासमा १ अर्व ९ करोड रुपैयाँ लगानी गरेको छ । कोषले ५४ वर्षमा प्रवेश गर्दा ८ स्थानमा शाखा कार्यालय स्थापना गरेको छ । यसैगरी, सिंहदरबार र पुलचोकमा सेवा केन्द्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL