Logo

एक्स्पोमा मोबाइल एक्सचेन्ज गर्नेको भीड, तीजको अवसरमा महिलालाई निशुल्क प्रवेश

एक्स्पोमा मोबाइल एक्सचेन्ज गर्नेको भीड, तीजको अवसरमा महिलालाई निशुल्क प्रवेश


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३० भदौं, काठमाडौं । ललितपुर मोवाइल एक्स्पोमा मोवाइल खरिदकर्ताको भीड लागेको छ । एक्स्पाको पाँचौं दिन मोवाइल एक्सचेञ्ज गर्नेको सबैभन्दा बढि भिड लागेको थियो । मोबाईल एक्सचेन्ज स्टलमा आफ्ना पुराना फोनहरुको उचित भ्यालूएसन गराएर नयाँ स्मार्टफोन खरिद गर्ने ग्राहकहरुको भिड रहेको छ ।

मौकाको चौका अफरमा भ्यालूएटरले अधिकतम मूल्यमा पुराना फोनको भ्यालूएसन गर्ने गरेको हुँदा पुरानो फोन एक्सचेन्ज गरेर नयाँ फोन खरिद गर्ने ग्राहकहरुको घुईँचो लागेको आयोजकले बताएका छन् । एक्स्पोको पाँचौं दिनमात्रै ५० हजारभन्दा बढि अवलोकनकर्ताहरु आएका आयोजकले दावी गरेका छन् ।

यहि भदौ २५ गतेदेखि आयोजना भईरहेको एक्स्पोमा मंगलबारसम्म आइपुग्दा ४ करोड रुपैंयाभन्दा बढिको मोबाइल तथा एसेसरीजको कारोबार भएको छ । यो अवधिमा बारफोन, स्मार्टफोन तथा विभिन्न किसिमका एसेसरीजहरु खरिद बिक्री भएको छ । एक्स्पोमा सामसुंग ब्राण्डका स्मार्टफोनहरु अधिक बिक्री भएका छन भने त्यसपछि हुवावेलगायतका विभिन्न ब्राण्डहरु रहेका छन् ।

त्यसैगरी महिलाहरुको महान चाड तीजको अवसरमा महिला दिदि बहिनीहरुलाई सम्मान गर्दै मंगलवार र बुधवार एक्स्पो अवलोकनका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ । तीजको अवसर पारेर मोबाइल कम्प्लेक्समा मंगलवार र बुधवार तीज विशेष कार्यक्रम पनि आयोजना भईरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL