Logo

नेपालमा आर्थिक स्वतन्त्रता बढ्यो, सवै परिसूचकहरुमा सुधार

नेपालमा आर्थिक स्वतन्त्रता बढ्यो, सवै परिसूचकहरुमा सुधार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२८ भदौ,काठमाडौं । यस बर्ष नेपालको आर्थिक स्वतन्त्रतामा सुधार आएको एक प्रतिवेदनले देखाएको छ । समृद्धि द प्रोस्पेरिटी फाउन्डेशनले उद्योग वाणिज्य महासंघ संगको सहकार्यमा सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो ।

suraj-baidha-sambrathi

प्रतिवेदन अनुसार १ सय ५७ राष्ट्रमध्ये विश्व आर्थिक स्वतन्त्रतामा नेपाल १ सय ६ औं स्थानमा रहेको छ । यस बर्षको प्रतिवेदनमा ६ दशमलव ५३ अंकका साथ १ सय ६ औं स्थानमा छ । गत बर्षको तुलनामा नेपाल २० स्थान माथि उक्लेको हो । गत बर्ष ६ दशमलव १६ अंक ल्याएर १ सय २६औं स्थानमा थियो ।

सोमवार सो प्रतिवेदन सार्वजनिक कार्यक्रममा अर्थमन्त्री डा रामशरण महतले देशको समृद्धिका लागि मानिसहरुले उद्यमशिलतालाई आफ्नो र जनताको जीवत उत्थानका लागि प्रयोग गर्न सक्षम हुनुपर्ने बताए । ‘यो एउटा आर्थिक स्वतन्त्रता भएको वातावरणमा मात्र सम्भव छ’उनले भने ।

आर्थिक स्वतन्त्रताको अधिकांश परिसूचकमा यस बर्ष नेपाल सुधार आएको छ । सरकारको आका गत बर्ष ७ दशमलव ३९ भएकोमा यस बर्ष ८ दशमलव ७२ । न्याय व्यवस्था तथा सम्पत्ति माथिको अधिकारको सुरक्षा गत बर्षको अंक ४ दशमलव २२ यस बर्ष ४ दशमलव ३३ अंक ल्याएको थियो ।

स्वस्थ मुद्रा माथिको पहुँचतर्फ यस बर्ष ६ दशमलव ४२ अंक छ । जुन गत बर्ष ६ दशमलव ४० थियो । त्यसैगरी अन्तरराष्ट्रिय व्यापार गर्ने स्वतन्त्रता र कर्जा श्रम र व्यवसायमा नियमनको व्यवस्थामा पनि क्रमश गत बर्ष ६ दशमलव ४० र ६ दशमलव ४७ भएकोमा यस बर्ष ६ दशमलव ४७ र ६ दशमलव ८५ पुगेको छ ।

दक्षिण एसियामा तेस्रो स्थानमा

प्रतिवेदन अनुसार आर्थिक स्वतन्त्रतामा नेपाल दक्षिण एसियाली देशहरु मध्ये तेस्रो स्थानमा परेको छ । आर्थिक स्वतन्त्रतामा भुटान र श्रीलंका अगाडी छन् ।
त्यस्तै बंगलादेश, भारत र पाकिस्तान नेपालभन्दा पछाडी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL