Logo

हतारमा एमआरपी लागु नगर्न चेम्बरको सुझाव, बस्तुको माग र आपूर्तिले मूल्य निर्धारण गर्ने

हतारमा एमआरपी लागु नगर्न चेम्बरको सुझाव, बस्तुको माग र आपूर्तिले मूल्य निर्धारण गर्ने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२४ भदौ,काठमाडौ नेपाल चेम्वर अफ कमर्सले हतारमा अधिकतम खुद्रा मूल्य लागु नगर्न सरकारलाई सुझाव दिएको छ । बुधवार ‘अधिकतम खुद्रा मूल्य सम्बन्धमा वृहद छलफल कार्यक्रम’ आयोजना गरि यस्तो सुझाव दिएको हो ।

चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठले सरकारले लागू गर्न तयारी गरिरहेको एमआरपीले बजारमा पर्ने प्रभाव बारे व्यापक छलफल तथा अन्र्तक्रियाको आवश्यकता महशुश भएकोले कार्यक्रम आयोजना गरिएको बताए ।

साथै एमआरपीका सम्बन्धमा आ–आफ्ना संघका धारणाहरु लिखित रुपमै चेम्वरलाई उपलव्ध गराउन अनुरोध समेत गरे ।

उनले चेम्वरले उद्यमी व्यवसायीहरुको समस्या नेपाल सरकार र संम्बन्धित निकाय समक्ष बहश पैरवी गरी समाधान गरिने जानकारी समेत गराए ।

कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका महासचिव कमलेशकुमार अग्रवालले अधिकतम खुद्रा मूल्य सम्बन्धमा सरकारले गरिरेहेको तयारी बारे जानकारी गराउंदै खुलाबजार अर्थतन्त्रमा बस्तुहरुको माग तथा आपूर्तिले नै बस्तुको मूल्य निर्धारण गर्ने बताए ।
‘नेपाल विश्वव्यापार सङ्गठन लगायत विभिन्न क्षेत्रीय संघ संगठनको सदस्य भई सकेको सन्दर्भ, अन्तर्राष्ट्रिय बजारमा बस्तुहरुको मूल्यमा भइरहने घटबढ, अमेरिकी डलरको मूल्यमा हुने उतार चढाव भइरहन्छ’ उनले भने, ‘यसले गर्दा बस्तुहरुको मूल्यमा एकरुपता कायम नहुने भएकाले एमआरपी तोक्नु पूर्व व्यापक तयारीको आवश्यकता छ ।’

कार्यक्रममा चेम्वरका साधारण सदस्य, सम्वद्ध सदस्य तथा विभिन्न बस्तुगत संघका प्रतिनिधिहरुले अधिकतम खुद्रा मूल्य तत्काल लागू गर्न नहुने र यसका लागि आवश्यक लविङ्ग गर्न चेम्वरलाई अनुरोध गरेका थिए ।
कार्यक्रममा चेम्वरका वरिष्ठ उपाध्यक्ष लोक मान्य गोल्छा, द्वितीय उपाध्यक्ष राजेन्द्र मल्ल, सचिव निल कण्ठ चौलागाईं, देवेन्द्र भक्त श्रेष्ठलगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL