Logo

किङ्सलाई वेष्ट क्लिफ यूनिर्भसिटीको सम्वन्धन, बहुआयामिक शिक्षा प्रदान गरिने

किङ्सलाई वेष्ट क्लिफ यूनिर्भसिटीको सम्वन्धन, बहुआयामिक शिक्षा प्रदान गरिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२२ भदौ,काठमाडौं । किङ्स कलेजले वेष्ट क्लिफ युनीर्भसिटीको सम्वन्धन प्राप्त गरेको छ । गत अक्टोबर ३० एक्रिडेसन प्राप्त गरेको अमेरिकाको सो यूनीर्भसिटीको सम्वन्धन प्राप्त गरेको हो ।

सोे सम्बन्धनलाई नेपाल सरकारले भाद्र पहिलो हप्ता स्वीकृति प्रदान गरेको थियो । एक्रिडिटेशन प्राप्त गरेपछी हालको विश्वविद्यालयबाट प्रदान गरिने शिक्षा र शिक्षण विधि अझ बढी प्रभावकारी रहने बताइएको छ । अमेरिकी डिग्रीलाई अहिले संसारमै अन्र्तराष्ट्रिय स्तरको मान्यतादिइएको अवस्थामा किङ्सले पनि सोही स्तरको डिग्री नेपाली विद्यार्थीहरु आफ्नै परिवेशमा प्रदान गर्न लागेको बताएको छ ।

अमेरिकी विश्वविद्यालयको आबद्धता लिई चार बर्षे बीबीए र दुई बर्षे एमबीए र उद्यमशिलतामा एमबीए कार्यक्रमविगत ६ बर्षदेखि संचालितगर्दै आईरहेको छ ।

सो विश्वविद्यालय विश्वव्यापी मान्यता प्राप्त र नयाँखोज तथा अनुसन्धानमा आधारित पाठ्यक्रम,प्राविधिक रुपमा सु–सम्पन्न शिक्षण (हाइब्रिड) विधिद्वारा तोकिएको शैक्षिकक्यालेन्डरमै डिग्री प्रदान गर्नेछ ।

बिदेशी डिग्रीका लागि वर्षेनी ३० हजार भन्दा बढी नेपाली बिदेशीरहेका अवस्थामा विदेशमा हुने खर्चको २० प्रतिशत रकममा स्वदेशमै उक्त डिग्री उपलब्ध गराउना उद्देशयले सम्वन्ध लिएको कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्यालले बताए ।

‘देशको भूगोल र परिवेशलाई आवश्यक उचित पाठ्यक्रमको विकासद्धारा स्थानीय विषयबस्तुमा अन्तराष्ट्रियस्तरको मान्यता हासिल हुने अध्ययन अध्यापनद्धारा विधार्थीलाई बहुआयामिक शिक्षाप्रदान गर्ने छौं’

नेपालमा कम शुल्क र सौहार्दपूर्ण वातावरणमा अन्र्तराष्ट्रिय स्तरको डिग्री प्राप्तगर्न सकिने भएकाले दक्षिण एसियाकै विद्यार्थीहरुको आकर्षणको सम्भावना बोकी शैक्षिकपर्यटन मार्फत देशको अर्थतन्त्रमापनि योगदान पु¥याउने उनी बताउँछन् ।

उक्त आबद्धता पश्चात किङ्सका प्राध्यापकहरुलाई नियमित तालिम र पेशागत दक्षतामा अभिवृद्धिको साथै विद्यार्थी र प्राध्यापकको अन्तराष्ट्रिय सिकाई भ्रमणको अवसर र अन्र्तर्रािष्ट्रय स्तरको प्राध्यापक, सन्दर्भ सामग्रीहरु तथा डिजीटल पुस्तकालयमा पहुँच पनि हुनेछ ।

त्यस्तै प्राज्ञिक चोरी अस्वीकार्य हुने, तोकिएको समयभित्र अनिवार्य रुपमा शैक्षिक उपाधि प्राप्त गर्नुपर्नेलगायत अन्र्तराष्ट्रिय शैक्षिक मापदण्ड अनुसार किङ्सका कार्यक्रमहरु संचालित छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL