Logo

नयाँ वाणिज्य नीति सार्वजनिक, ब्यापार घाटा कम गर्ने उद्देश्य

नयाँ वाणिज्य नीति सार्वजनिक, ब्यापार घाटा कम गर्ने उद्देश्य


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१७ भदौ,काठमाडौं । वाणिज्य तथा आपूर्ति मन्त्रालयले नयाँ वाणिज्य नीति सार्वजनिक गरेको छ ।

निकासी प्रवर्द्धन मार्फत राष्ट्रिय अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाई समृद्धि हासिल गर्ने लक्षसहित सो नीति सार्वजनिक गरेको हो । मन्त्रालयले आपूर्तिजन्य क्षमताको सुदृढिकरण गर्ने तथा विश्व बजारमा मूल्य अभिवृद्धियुक्त प्रतिस्पर्धी वस्तु र सेवाको निकासी बढाएर ब्यापार घाटा कम गर्ने मन्त्रालयको उद्देश्य छ  ।

साथै क्षेत्रीय तथा विश्व बजारमा वस्तु, सेवा र बौद्धिक सम्पत्तिको पहुँच वृद्धि गर्ने उद्देश्यसहित नयाँ नीति सार्वजनिक गरेको बताइएको छ ।

सो नयाँ नीतिमार्फत मन्त्रालयले व्यापार घाटा कम गर्ने, तुलनात्मक र प्रतिस्पर्धी लाभका वस्तुको प्रतिस्पर्धी क्षमता अभिवृद्धि गरी निर्यात प्रवर्द्धन गर्ने, रणनीति लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL