Logo

अवस्थी बने सेजनको अध्यक्ष, सचिवमा बिजखबरका रामराजा श्रेष्ठ

अवस्थी बने सेजनको अध्यक्ष, सचिवमा बिजखबरका रामराजा श्रेष्ठ


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१२ भदौ,काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज(सेजन)को अध्यक्षमा गोकर्ण अवस्थी मनोनित भएका छन् ।

सेजनको १६ औँ वार्षिक साधारण सभाले अवस्थीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । अवस्थीले १सय ९ मत प्राप्त गरेका थिए भने निकट प्रतिस्पर्धी कुबेर चालिसेले ७८ र लोकबहादुर चापागाइँले २७ मत ल्याए ।

त्यस्तै उपाध्यक्षमा दि हिमालयन टाइम्सका पुष्पराज आचार्य १ सय ११ मतका साथ विजयी भएका छन् । उपाध्यक्षमा प्रतिस्पर्धी रमेश ढकाल, बद्री गौतम र शरदचन्द्र भण्डारीलाई पछी पारेका हुन्  ।

महासचिवमा दि राइजिङ नेपालका मोदनाथ ढकाल १ सय ३ मत लयाएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी सुदर्शन सापकोटाले ८७ मत र अच्युत पौडेलले २७ मत ल्याएका थिए ।  सचिव पदमा बिजखबरका रामराजा श्रेष्ठ ७६ मतका साथ विजयी भएका छन् । उनले आशिष ज्ञवाली, भुवन पौडेल,उद्धव थापा र  सीताराम विलासीलाई पछि पारेर विजयी भएका हुन् ।

राजधानी दैनिकका भीम गौतम ९३ मतका साथ कोषाध्यक्षमा विजयी भए । पुष्प दुलालले ६२ र राधिका ढकालले ५८ मत प्राप्त गरेका थिए ।

त्यसैगरी नागरिक दैनिकका सुजन ओली, कान्तिपुर एफएमका अनिल परियार,  कारोबार दैनिककी सरस्वती ढकाल, बिजमाण्डुका सविन मिश्र, माउन्टेन टेलिभिजनका भागवत भट्टराई विजयी भए । सेजनको पाँच सदस्यका लागि नौ जनाको उम्मेदवारी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL