Logo

विट्रेन चेम्बरअफ कमर्सको टोलीको परराष्ट्रमन्त्रीसँग भेट,राजदूतको टुंगो चाँडै लगाइने

विट्रेन चेम्बरअफ कमर्सको टोलीको परराष्ट्रमन्त्रीसँग भेट,राजदूतको टुंगो चाँडै लगाइने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

laxmi

८ भदौ,काठमाडौं । नेपाल विट्रेन चेम्बर अफ कमर्स र विट्रेन नेपाल चेम्बर अफ कमर्सको संयुक्त टोलीले परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग भेटवार्ता गरेको छ । सोमबार भएको भेटवार्तामा बेलायत र नेपालको दौत्य सम्बन्धको २ सय वर्षलाई कसरी मनाउने भन्ने विषयमा छलफल भएको थियो ।

नेपाल र बेलायत सम्बन्ध २ सय वर्ष पुगेको उपलक्ष्यमा नेपाल सरकारको तर्फबाट प्रभावशाली कार्यक्रम ल्याउन टोलिले आग्रह गर्यो ।

सो अवसरमा मन्त्री पाण्डेले दौत्य सम्वन्धको वार्षिकोत्सव मनाउने सरकारी निर्णय छिटै लिइने जानकारी दिए । साथै वर्किङ कमिटी बनाउने र सब कमिटी बनाएर छिट्टै काम अगाडि बढाइने बताए । यसैगरी विट्रेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजन कँडेलले बेलायतमा नेपालीहरुको संख्या क्रमसः बढिरहेकाले लण्डनस्थित दूतावासमा चाँडोभन्दा चाडो राजदूत नियुक्तीका लागि आग्रह गरे ।

पाण्डेले राजदूत नियुक्तको तयारी भइरहेको बताउँदैं केही समयमै बेलायतका लागि नेपाली राजदूतको टुंगो लाग्ने आश्वासन दिए ।

उनले बेलायतको कुटनीतिक कामहरु चुस्त बनाउन आफूले पहल गर्ने जानकारी दिएका थिए । भेटमा नेपाल विट्रेन चेम्बर कमर्शका तर्फबाट अध्यक्ष राजेन्द्र खेतान, उपाध्यक्ष आशिषकुमार सेनगुप्ताको पनि सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL