Logo

नुवाकोटमा इन्भेष्टमेन्ट बैंकले पठाएको जस्तापाता वितरण, २३ विद्यालयले पाए

नुवाकोटमा इन्भेष्टमेन्ट बैंकले पठाएको जस्तापाता वितरण, २३ विद्यालयले पाए


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१६ जेठ, काठमाडौं । नुवाकोटमा विवादमा ल्याइएको जस्तापाता विभिन्न विद्यालयमा वितरण गरिएको छ ।

केही कांग्रेस नेताहरुले विवादमा ल्याएको उक्त जस्तापाता उनीहरुकै दबाबमा स्थानीय प्रशासनले नियन्त्रणमा लिएको थियो । इनभेष्टमेन्ट बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत नुवाकोट जिल्लाका विभिन्न विद्यालयहरुमा अस्थायी पठानपाठन छाप्रा निर्माणका लागि वितरण गर्न जिल्लामा लगेको थियो ।

तर स्थानीय कांग्रेस नेता जगदीशनरसिंह केसीले केही आफ्ना पक्षका कार्यकर्ता परिचालन गरेर ती जस्तापाता सम्वन्धी विवाद सिर्जना गराएका थिए । तर उनले लगाएको आरोप कही कतैबाट पूष्टि नभएपछि स्थानीय प्रशासनले वितरण गर्न अनुमति दिएको हो । वितरण रोकिएपछि स्थानीय विद्यालयहरुले दबाब दिएका थिए भने विद्यालय छाप्रा निर्माणमा ढिलाई भएपछि स्थानीयको दबाब पनि बढ्दै गएको थियो ।

11854070_1207357385952456_2031283387_n

विवादमा ल्याउन खोजिएको ३ सय बण्डलमध्ये १ सय ६९ बण्डल जस्तापाता विभिन्न ६ गाविसका २३ विद्यालयहरुमा वितरण गरिएको नुवाकोट कांग्रेसका जिल्ला सचिव रमेशकुमार महतले जानकारी दिए

बैंकले जिल्लाका विभिन्न ६ वटा गाउँ विकास समितिका स्कुलमा बाड्न लगेको जस्तापाता बेच्न लगेको आरोप लगाउँदै कांग्रेस जिल्ला कार्यसमितिका अध्यक्ष केसीको निर्देशनमा थानसिङ गाविसका स्थानीयले बीच बाटोमै हस्तक्षेप गरेर रोकेका थिए । तर महतमाथि लगाएको आरोप पूष्टि हुन नसकेपछि अहिले स्थानीय प्रशासनले विभिन्न विद्यालयहरुमा वितरण गर्न अनुमति दिएको हो । सोही अनुरुप सचिव महत र बैंकका प्रतिनिधिको नेतृत्वमा जस्ता वितरण गरिएको जनाइएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तर दायित्व अन्तरगत भुकम्पबाट भत्किएका विद्यालयलाई वितरण गर्नका लागि ३ सय बण्डल जस्ता लगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL