Logo

काठमाडौं ग्वान्जाओ दैनिक उडान सुचारु, केन्याको नैरोवी उडान पनि सुरु

काठमाडौं ग्वान्जाओ दैनिक उडान सुचारु, केन्याको नैरोवी उडान पनि सुरु


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२३ साउन,काठमाडौं । चाइना साउदर्नले आगामी असोज २६ बाट काठमाडौं–ग्वान्जाओ–काठमाडौं रुटमा दैनिक उडान गर्ने भएको छ ।

चाइना साउदर्नले भुकम्पपछि उडान घटाएको थियो । चाइना साउदर्न एयरलाइन्सले ग्वान्जाओदेखि केन्याको नैरोवी उडान पनि सुरु गरेको जानकारी पनि दिएको छ । यो उडानबाट नेपालीले पनि फाइदा लिन सक्ने कम्पनीले जारी प्रेस विज्ञप्तिमा छ ।

३ सय यात्रु बोक्ने एयरबस ए ३३०–२०० विमानले सोमबार, बुधबार र शुक्रबार ग्वान्जाओदेखि नैरोवी उडान भर्ने बताइएको छ । त्यस्तै पुसदेखि चाइना साउदर्नले न्युजिल्यान्डको क्राइस्टचर्चसम्मजाने उडान पनि सुरूवात गर्ने जानकारी दिएको छ ।

चाइना साउदर्नले हाल ६०० वटा विमानबाट यात्रु र सामानओसार–पसार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL