Logo

प्रभु इन्स्योरेन्स २० औं बर्षमा, चुक्ता पुँजी करिव ३० करोड पुग्यो

प्रभु इन्स्योरेन्स २० औं बर्षमा, चुक्ता पुँजी करिव ३० करोड पुग्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१८ साउन,काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड २० औं वर्षमा प्रवेश गरेको छ । कम्पनी आइतवार स्थापनाको १९ औं वर्ष पुरा गरेको हो । सो अवसरमा आयोजित एक कार्यक्रममा कम्पनीका अध्यक्ष देवि प्रकाश भट्टचनले कम्पनीले  गत आर्थिक बर्षमा गरेको कार्य प्रगतिबारे जानकारी दिए ।
गत आ.व.मा ७२ हजार २ सय १५ बीमा लेखबाट ७३ करोड १४ लाख ७५ हजार बीमाशुल्क आर्जन गर्न सफल भएको बताइएको छ । हाल कम्पनीको चुक्ता पुंजी २९ करोड ९८ लाख ११ हजार १०० पुगेको उनले जानकारी दिए । साथै कम्पनीलाई मजबुद बनाउँदै लैजान नियामक निकायको निर्देशन बमोजिम चुक्ता पुँजी बृद्धि गर्दै लैजाने योजना रहेको बताए ।
कम्पनीले आफ्नो सेवा विस्तारको लागि दुर्गम जिल्लाहरुमा कृषि शाखा कार्यालय स्थापना गरि कारोवार सुचारु गरेको उनले जानकारी दिए ।‘आगामी दिनमा सेवा बिस्तारको लागि उपयुक्त स्थानको पहिचान गरी थप शाखा तथा उपशाखा कार्यालय स्थापना गर्ने योजना छ उनले भने ।

सो अवसरमा कम्पनीका कामुप्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले नियामक निकायको निर्देशनलाई पालना गर्दै प्रतिस्प्रधात्मक बजारमा प्रतिस्पर्धा गर्दै अघि बढ्दै गईरहेको बताए ।

साथै गत बैशाख १२ तथा २९ गते गएको भुकम्पको कारण भएको धन जनको क्षति तथा सोको कारण कम्पनीमा परेको दाविको मुल्याङ्कन गराई दावि भुक्तानी कार्य भैरहेको जानकारी दिए । हाल यस कम्पनीको केन्द्रिय कार्यालय सहित शाखा तथा उपशाखा संख्या १९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL