Logo

कोरोना रोकथमका लागि ९० करोडको स्वास्थ्य सामग्री ल्याउदै सरकार, अमटेकसँगग गर्यो सम्झौता

कोरोना रोकथमका लागि ९० करोडको स्वास्थ्य सामग्री ल्याउदै सरकार, अमटेकसँगग गर्यो सम्झौता



काठमाडौं। कोरोना संक्रमणका लागि अत्यावश्यक औषधि ल्याउन सरकारले सम्झौता गरेको छ । सरकारले ९० करोड मूल्य बराबरको स्वास्थ्य सामाग्री ल्याउने जिम्मा एक कम्पनिलाई दिएको छ । उक्त कम्पनिसँग बुधबार सम्झौता भएको बुझिएको छ ।

laxmi

अमटेक नामको कम्पनिले ९० करोड मूल्य पर्ने स्वास्थ्य सामाग्री ल्याउने गरी सम्झौता भएको हो । सामाग्री यसै हप्ता हवाई मार्गबाट आकस्मिक रुपमा ल्याउने तयारी भएको सरकारी स्रोतले बतायो ।

कोरोना भाइरसको जोखिम र रोकथामका लागि तत्काल आवश्यक स्वास्थ्य सामाग्री आवश्यक परेपछि सरकारले विशेष अवस्थामा सम्झौता गरी आयात गर्न लागेको छ । संकटको अवस्थामा द्रुत गतिमा प्रक्रियामा गएर सामाग्री ल्याउन सरकारमाथि दबाब पर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL