Logo

कोरोनाबाट विश्वभर मर्नेको संख्या २१ हजार नाघ्यो, संक्रमित पौन ५ लाख

कोरोनाबाट विश्वभर मर्नेको संख्या २१ हजार नाघ्यो, संक्रमित पौन ५ लाख



काठमाडौं । कोभिड १९ (कोरोना भाईरस) का कारण हालसम्ममा २१ हजार २ सय जनाले ज्यान गुमाएका छन । कोरोना भाईरस लाईभ अपडेट गरिरहेको ओल्डमिटर्सका अनुसार विश्व भर उक्त भाईरसका कारण ज्यान गुमाउनेको संख्या २१ हजार २ सय जना पुगेको हो ।

त्यस्तै संक्रमितको संख्या ४ लाख ६८ हजार ९ सय ५ जना पुगेको छ भने उपचार पछि निको भएर घर फर्कनेको संख्या १ लाख १४ हजार २ सय १८ जना रहेको छ । उक्त भाईरस अहिले विश्वको १ सय ९८ देशमा फैलिसकेको छ ।

मृत्यु हुनेमा सबै भन्दा बढी इटालिको रहेको छ इटालिमा हालसम्म ७ हजार ५ सय ३ जनाले ज्यान गुमाईसकेका छन भने ७४ हजार ३ सय ८६ जना संक्रमित भेटिएका छन । पूर्ण रुपमा निको भएको संख्या भने ९ हजार ३ सय ६२ जना रहेको छ ।

इटालि पछि रहेको स्पेनमा ३ हजार ६ सय ४७ जनाले ज्यान गुमाईसकेको छ भने संक्रमितको संख्या ४९ हजार ५ सय १५ जना रहेको छ । उपचार पछि घर फर्कनेको संख्या भने ५ हजार ३ सय ६७ जना रहेको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै चीनमा भने मर्नेको संख्या ३ हजार २ सय ८७ जना पुगेको छ । चीनको वुहानबाट सुरु भएको उक्त भाईरस विश्वमा महामारीको रुप लिँदै फैलिसकको अवस्थामा चीनमा भने संक्रमितको संख्या ८१ हजार २ सय ८५ रहेको छ भने उपचार पछि घर फर्कनेको संख्या ७४ हजार ५१ जना रहेको छ ।

ईरानमा संक्रमितको संख्या २७ हजार १७ जना पुगेको छ भने ज्यान गुमाउनेको संख्या भने २ हजार ७७ जना पुगेको छ । उपचार पछि घर फर्कनेको संख्या भने ९ हजार ६ सय २५ जना पुगेको छ । त्यस्तै फ्रान्समा ज्यान गुमाउनेको संख्या १३ सय ३१ जना पुगेको छ भने संक्रमितको संख्या २५ हजार २ सय ३३ जना पुगेको छ । उपचार पछि फर्कनेको संख्या भने ३ हजार ९ सय जना रहेको छ ।

पछिल्लो २४ घण्टामा मर्नेको संख्या २ हजार ३ सय ६ जना पुगेको छ भने नयाँ संक्रमितको संख्या ४६ हजार ३ सय ३१ जना पुगेको छ । बुधबार संक्रमितको संख्या ४३ हजार ७ सय ५९ जना रहको थियो । मृत्यु हुनेको संख्या २ हजार ३ सय ३१ जना रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL