Logo

भग्नावशेष हटाउन कोरियाले दियो उपकरण, थप सहयोगको प्रतिबद्धता

भग्नावशेष हटाउन कोरियाले दियो उपकरण, थप सहयोगको प्रतिबद्धता


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१३ साउन,काठमाडौं । कोरियाले नेपाल सरकारलाई  भूकम्पले भत्काएका भग्नावशेष हटाउन तथा निर्माणमा उपयोग हुने हेभी इक्यूपमेन्ट हस्तान्तरण गरेको छ ।
कोरियाले १६ करोड रुपैयाँ बराबरका २४ वटा उपकरण हस्तान्तरण गरेको हो ।

बुधवार आयोजित एक कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत चो यङ जिनले गृह सचिव सूर्यप्रसाद सिलवाललाई ती उपकरण हस्तान्तरण गरेका थिए । कार्यक्रममा कोरियाको प्रख्यात निर्माण उपकरण उत्पादक कम्पनी दुसान इन्फ्राकोरका वरिष्ठ उपाध्यक्ष जे जङ जिनले थप तीन वटा भारी उपकरण सचिव सिलवाललाई प्रदान गरे ।

सचिव सिलवालले भूकम्पपीडितको सहयोगका लागि कोरियाबाट उपलब्ध सहायताप्रति आभार व्यक्त गरे । साथै नेपाल–कोरिया कूटनीतिक सम्बन्ध स्थापना भएयता उक्त मुलुकबाट नेपालको सामाजिक–आर्थिक विकासमा प्राप्त सहयोगको सराहना गरेका छन् ।
उनले आपतकालीन उद्धार तथा खोज केन्द्र गठनको तयारीमा सरकार रहेको जानकारी दिँदै  त्यसमा पनि कोरियाली सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

राजदूत चोले भूकम्पपछि आफ्नो मुलुकले राहत, खोज, उद्धार तथा सहयोगका विविध कार्यक्रम सञ्चालन गरेको र त्यसमा करिब १५ करोड रुपैयाँ बराबरको सहायता उपलब्ध गराइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL