Logo

चौधरी फाउण्डेसनद्वारा भूकम्पबाट क्षतिग्रस्त विद्यालय पुनर्निर्माण, विनोद चौधरीले गरे हस्तान्तरण

चौधरी फाउण्डेसनद्वारा भूकम्पबाट क्षतिग्रस्त विद्यालय पुनर्निर्माण, विनोद चौधरीले गरे हस्तान्तरण


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१२ साउन, काठमाडौं । चौधरी फाउण्डेसनले भूकम्पबाट क्षतिग्रस्त काभ्रेका दुई सार्वजनिक विद्यालयको पुनर्निर्माण गरि मंगलबार विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । धुलिखेल नगरपालिका वडा नम्बर–२ को बालमन्दिर प्राथमिक विद्यालय र उग्रतारा गाविस वडा नम्बर ८, जनागाल बाहुनडाँडाको जनज्योती निम्न माध्यमिक विद्यालय पुनर्निर्माण गरिएको हो ।

गत वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएका एक सय सार्वजनिक विद्यालयहरुको पुनर्निर्माण गर्ने चौधरी फाउण्डेसनको प्रतिवद्धता अनुसार यि विद्यालयहरु पुनर्निर्माण गरिएको हो । भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक विद्यालयहरुको पुनर्निर्माणका लागि चौधरी फाउण्डेसनले ‘सिजी शिक्षालय’ परियोजना कार्यान्वयन गरिरहेको छ ।

cg

चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले बालमन्दिर प्राथमिक विद्यालयको प्राङ्गडमा आयोजित एक समारोहकावीच पुनर्निर्मित विद्यालय भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन् । त्यसैगरि अध्यक्ष चौधरी जनज्योती निम्न माध्यमिक विद्यालयमा पुगि उक्त विद्यालयको पुनर्निर्मित भवन हस्तान्तरण गरेका थिए । ‘हामी भूकम्पबाट प्रभावित हाम्रा बालबालिकाहरुले जतिसक्दो चाडो उक्त पीडा विर्सिन सक्ने वातावरण निर्माण गर्न चाहान्छौँ’, चौधरी फाउण्डेसनका अध्यक्ष चौधरीले भने, ‘मलाई विश्वास छ, चौधरी फाउण्डेसनले पुनर्निर्माण गरेका यि विद्यालय भवनहरुले उनीहरुको पीडा विर्साउन सहयोग पु¥याउनेछन् । र, हाम्रा बालबालिकाहरुले निर्भयका साथ आफ्नो अध्ययनलाई अगाडि बढाउनेछन् ।’

चौधरी फाउण्डेसनले पहिलो चरणमा यि विद्यालयहरुको पुनर्निर्माण गरि हस्तान्तरण गरेको हो । भूकम्प प्रभावित क्षेत्रका १ सय सार्वजनिक विद्यालयहरु पुनर्निर्माण गरि हस्तान्तरण गर्ने योजना कार्यान्वयन गर्न कटिवद्ध रहेको समेत उनले जानकारी दिए ।
चौधरी फाउण्डेसनले भूकम्पबाट सर्वाधिक प्रभावितहरुका लागि ‘ट्रान्जिसनल होम’ निर्माण गरि हस्तान्तरण गरिरहेको छ । हालसम्ममा काठमाडौंको मच्छेगाउँमा ७० वटा, भक्तपुरको चाँगुनारायणमा ६० वटा, ललितपुरको बुरुङचुली र लोकुण्डोलमा ७६ वटा ट्रान्जिसलन होमहरुको निर्माण कार्य सम्पन्न भई हस्तान्तरण भईसकेको छ । निकट भविष्यमा काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, गोर्खा, धादिङ लगायतका जिल्लाहरुमा ट्रान्जिसनल होम निर्माण सम्पन्न गरि हस्तान्तरण गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL