Logo

आर्थिक विकासका लागि साङ्घाइ संगठन महत्वपूर्ण, ऊर्जा र पर्यटनका सहयोग पुग्ने

आर्थिक विकासका लागि साङ्घाइ संगठन महत्वपूर्ण, ऊर्जा र पर्यटनका सहयोग पुग्ने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

साउन ९, काठमाडौं । सरकारले साङघाइ सहयोग सङगठन नेपालको आथिर्क विकासका लागि महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरेको छ । साथै, उक्त संगठनले ऊर्जा, पर्यटन र विज्ञान–प्रविधिका क्षेत्रमा पारस्परिक सहयोग प्रवद्र्धनमा उपयोगी हुने बताएको छ ।

चीनका लागि नेपाली राजदूत महेशकुमार मास्केले शक्रबार सङगठनका महासचिव डा दिमित्री फ्योद्रोभिच मेजेन्सेभलाई चीनको राजधानी बेइजिङस्थित उनकै कार्यकक्षमा भेटेर नेपाललाई सङगठनको नयाँ संवाद साझेदारका रुपमा प्रवेश दिइएकामा आभार प्रकट गरेका छन् । महासचिव मेजेन्सेभले संवाद साझेदारका रुपमा नेपालको चयन सङगठन र नेपालका लागि महत्वपूर्ण भएको बताए । साथै, परराष्ट्र मन्त्रालय र सङगठनबीच समझदारीपत्रमा हस्ताक्षर भएपछि नेपालको सङगठनमा औपचारिक प्रवेश हुने जानकारी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

दुवै पक्षले पारस्परिक परामर्शमा समझदारीपत्रमा हस्ताक्षर गर्ने स्थान र मिति निर्धारण हुनेछ । पारस्परिक विश्वास एवं लाभ, समान अधिकार, विचारविमर्श, सांस्कृतिक विविधताको सम्मान तथा विकासको साझा चाहनालाई मूलभूत सिद्धान्तका रुपमा अवलम्बन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL