Logo

रत्न आभुषण महासंघले दियो वाटर ट्याङक, दैनिक ३० हजार लिटर पानी प्रशोधन

रत्न आभुषण महासंघले दियो वाटर ट्याङक, दैनिक ३० हजार लिटर पानी प्रशोधन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

४ साउन, ललितपुर । नेपाल सुनचाँदी तथा रत्न आभुषण महासंघले ललितपुरको पिलाछें मंका गुठीलाई निशुल्क वाटर फिल्टर ट्यांङक सहयोग प्रदान गरेको छ । महासंघका अध्यक्ष रमेश महर्जन र ललितपुरका सभासद चन्द्र महर्जनको उपस्थितिमा सफा पिउने पानीको फिल्टर ट्याङक हस्तान्तरण गरिएको हो ।

भूकम्प पीडितका लागि प्रशोधित शुद्ध पानी वितरण संचालनको लागि महासंघको संयोजनमा गुठीलाई उक्त ट्याङकी प्रदान गरिएको हो । महासंघका महासचिव नविनरत्न शाक्य र गुठीका अध्यक्ष शेचा महर्जनले उक्त फिल्टर ट्याङ्क हस्तान्तरण र व्यवस्थापन सम्बन्धमा हस्ताक्षर गरेका थिए । उक्त फिल्टर ट्याङ्कले प्रतिदिन ३० हजार लिटर पानी प्रशोधन गर्ने छ । ‘महासंघको सहयोगले भूकम्पपीडित हजारौं व्यक्ति लाभान्वित हुनेछन्,’ कार्यक्रममा बोल्दै महासंघ अध्यक्ष रमेश महर्जनले भने, ‘आफुहरुको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्पपीडित ललितपुरबासीलाई सहयोग गर्न पाएकोमा खुसी छौं ।’

उक्त फिल्टर ट्याङ्क सहयोग कार्यक्रममा महासंघका साथै माया फाउन्डेसन, नेपाल सुनचाँदी शिल्प व्यवसायी संघ, सुनसरी रत्न तथा आभुषण संघ, रत्न व्यवसायी संघ नेपाल, आरबी डायमण्ड ज्वेलर्स, सयपत्री ज्वेलर्स, जयोरेयी समाज नेपाल, नेनर्जी इन्टरनेशनल प्रा.लि र पाथीभरा शोलार एण्ड वाटर ट्रिटमेन्ट प्रा.लि. सहकार्य रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL