Logo

अर्थमन्त्री माथी पेट्रोल बम प्रहार, मन्त्री महत सकुशल

अर्थमन्त्री माथी पेट्रोल बम प्रहार, मन्त्री महत सकुशल


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

४ साउन, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतमाथी पेट्रोल बम प्रहार भएको छ । संविधानको मस्यौदा माथी जनमत संकल गर्न गृह जिल्ला पुगेका महतलाई केही अपराधिक समुहले पेट्रोल बम प्रहार गरेको समाचार स्रोतले जानकारी दिएको छ ।

नुवाकोट जिल्लाको क्षेत्र नं २ स्थित खरानीटारको कार्यक्रममा जानलाग्दा सुर्यमती गाविसमा उनी माथी बम प्रहार गरिएको हो ।

उनीमाथी केहीे अपराधिक जत्थाले बम प्रहार गरेको थियो । तर, कसले बम प्रहार गर्यो भन्ने अहिलेसम्म जानकारीमा आउन सकेको छैन ।

गाडीमा गइरहेको अर्थमन्त्री महतमाथी बम प्रहार गरिएको थियो । तर, बमले उनको गाडीमा समेत कुनै क्षति नपुर्याएको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL