Logo

उपत्यकामा ४ सय सार्वजनिक शौचलय बनाइदै, निर्माणको जिम्मा निजी क्षेत्रलाई

उपत्यकामा ४ सय सार्वजनिक शौचलय बनाइदै, निर्माणको जिम्मा निजी क्षेत्रलाई


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबददाता

३० असार,काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा ४ सय सार्वजनिक शौचालय बनाउने भएको छ । नगरपालिकाहरुसँगको सहकार्यमा उपत्यकामा आधारभुत उपयोग शौचालय निर्माणको कार्य शुरु गर्न लागेको हो ।
सरकारले तोकेको कार्यविधी अन्तर्गत रही सार्वजनिक शौचालयहरुको निर्माण र सञ्चालनमा निजी क्षेत्रलाई समेत सहभागी गराइने अर्थमन्त्री रडा. रामशरण महतले बताए ।

मंगलवार आर्थिक बर्ष २०७२ ०७३ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् । साथै काठमाडौं उपत्यकाको खाली स्थानमा बृक्षारोपण गर्ने कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गरिने भएको छ । पर्याप्त खुल्ला स्थानको व्यवस्था गर्न प्रति २५ हजार जनसंख्याका लागि एक खुला स्थानको व्यवस्था गरिनेछ । यसका लागि आवश्यकता अनुसार व्यक्तिगत जग्गा समेत खरिद गरिने बताइएको छ ।

उपत्यका भित्र नगरपालिकाले तोकेको स्थानहरुमा भूमिगत तथा बहुतले पार्किङस्थल निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने उनले बताए ।

यता वागमति नदीको सुन्दरीजलदेखि सुन्दरीघाटसम्मको ढल निर्माण आगामी दुई बर्षभित्र सम्पन्न गरिने सरकारको योजना छ । वागमती नदी सफाइ अभियानलाई संस्थागत गर्दै काठमाडौं उपत्यकाको सभ्यताको रुपमा रहेको विष्णुमती,रुद्रमती,मनोहरा,हनुमन्ते र नख्खु खोलालगायतका नदीहरु ढल र फोहोरमुक्त बनाइने महतले बताए । ।

सरकारले आगामी बर्षको बजेटमा चक्रपथ विस्तारका साथै उपत्यकाका सडक मर्मत तथा विस्तार कार्यलाई उच्च प्राथमिकता दिइने भएको छ । सवारी चाप भएका चौबाटोहरुमा फ्लाइओभर निर्माणको पूर्व तयारी गरिनेछ । त्यस्तै सूर्यविनायक धुलिखेल सडकलाई ६ लेनमा विस्तार गर्ने कार्यका लागि १ अर्ब ७ करोड छुट्याइएको छ ।  उपत्यकामा ४० सिट भन्दा बढी क्षमताका अपांगमैत्री सार्वजनिक सवारी सञ्चालन गर्ने ।
नयाँ दर्ता भएका साना सवारीलाई सहायक सडकमा मात्र सञ्चालन अनुमति दिइने । सवारी चाप कम गर्न मेट्रो तथा मोनो रेल सञ्चालन सम्वन्धि सम्भाव्यता अध्ययनका लागि ८ करोड छुट्याइने   बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL