Logo

४ खर्ब ७६ अर्व राजस्व उठौति लक्ष्य सहित बजेट निर्माण, भत्तालाई तलबमा गाभिने

४ खर्ब ७६ अर्व राजस्व उठौति लक्ष्य सहित बजेट निर्माण, भत्तालाई तलबमा गाभिने


रामराजा श्रेष्ठ
0
Shares

रामराजा श्रेष्ठ

२९ असार, काठमाडौं । सरकारले ४ खर्ब ७६ अर्व रुपैयाँ राजस्व उठाउने लक्ष्य सहित बजेट निर्माण गरेको छ । सरकारले यस अघि आर्थिक वर्ष २०७२/०७२ मा ५ खर्व १२ अर्व राजस्व उठाउने लक्ष्य लिएपनि बैंशाख १२ गते आएको भुकम्पका कारण राजस्वको लक्ष्य घटाएको हो ।

सरकारले कर्मचारीलको तलव बृद्धि गर्ने भने पनि अन्तमा नबढ्ने भएको छ । तर, यस अघि कर्मचारीलाई दिइदै आएको १ हजार रुपैयाँ महङ्गी भत्तालाई भने तलबमै समायोजन गरिएको अर्थका एक अधिकारीले जानकारी दिए ।

सरकारले राष्ट्रिय योजना आयोगले दिएको सीमा भन्दा कमको बजेट ल्याउने भएको छ । आयोगले भुकम्पका कारण ८ खर्व ४१ अर्व रुपैयाँको सीमामा रहेर बजेट निर्माण गर्न सुझाव दिएको थियो । जस अनुसार ८ खर्व २३ अर्व रुपैयाँको बजेट ल्याउन लागिएको समेत अर्थले जानकारी दिएको छ । तर, त्यसमा केही रकम घटवढ हुने समेत अर्थ स्रोतको भनाइ छ ।

सरकारले यसपटकको बजेटलाई भुकम्प पछिको पुनर्निर्माणलाई केन्द्रित गरेको छ । कुल बजेटको ८ प्रतिशतभन्दा बढी रकम अर्थात झण्डै १ खर्व रुपैयाँ पुननिर्माणका लागि छुट्याएको छ ।

केही समय अघिसम्म सरकारले पुनर्निर्माण कर लगाउने भने पनि अन्तमा उक्त कर नलगाइने भएको छ । यसैगरी आयकर दरमा पनि कुनै फेरवदल नगरिने भएको छ ।

उक्त बजेटलाई सरकारले ३ बजे सिंहदरबारमा क्याविनेट मिटिङ बसेर पास गर्ने भएको छ । उक्त क्याविनेट मिटिङ पश्चात संसदमा आर्थिक वर्ष २०७२/७३ को बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । आज प्रस्तुत हुने बजेटको वारेमा अर्थमन्त्री डा. रामशरण महतले राष्ट्रपति डा. रामबरण यादवलाई सोमवार नै सितल निवासमा पुगेर जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL