Logo

कुहिएको चामल बाड्ने डल्बुएफपीको सहयोग जारी, दूर्गम जिल्ला प्राथमिकतामा

कुहिएको चामल बाड्ने डल्बुएफपीको सहयोग जारी, दूर्गम जिल्ला प्राथमिकतामा


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१९ असार,काठमाडौं । संयुक्त राष्ट्र संघकोविश्व खाद्य कार्यक्रम डब्लुएफपीले नेपाल सरकारसँग सहकार्य जारी राख्दै भूकम्पपीडितका लागि सहयोग कार्यक्रम कायमै रहने बताएको छ । डब्लुएफपी भूकम्प पिडीतहरुलाई कुहिएको खाद्यान्न राहत स्वरुप बाँडेको भन्दै तीव्र आलोचना खेपिरहेको  छ ।
डब्लुएफपीले भूकम्प प्रभावित विभिन्न जिल्लामा दाल, चामल लगाएतका खाद्यान्न कुहिएको र खान अयोग्य ठहरिएको थियो ।

‘हामी नेपाल सरकारसँगकै सहकार्यमा भूकम्प प्रभावित दुर्गम क्षेत्रका जनताको सहयोगका लागि आवश्यक सहयोग गर्न तयार छौं’, डब्लुएफपीका देशीय निर्देशक पिप्पा ब्राडफोर्डले शुक्रबार जारी विज्ञप्तिमा भनेका छन् । डब्लुएफपीले केन्द्र, जिल्ला, गाविस र स्थानीय साझेदारहरूसँग मिलेर भूकम्प प्रभावित जिल्लाका करीब २० लाख जनतालाई मानवीय सहायता प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।

दोस्रो चरणको कार्यक्रमअनुसार प्रभावित क्षेत्रका करीब ४लाख ४० हजार जनता, दुई वर्षमुनिका १२ हजार ७ सय बालबालिका तथा एक हजार ४ सय गर्भवती महिलालाई खाद्यान्नलगायत पोषणयुक्त खाना उपलब्ध गराएको छ । प्रभावित दुई जिल्लाका करीब ३७ हजार जनतालाई तत्काल भग्नावशेष हटाउन र पुनर्वासका लागि नगद उपलब्ध गराएको विज्ञप्तिमा भनिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL