Logo

कालोबजारी रोक्न नसकेको भन्दै संसदीय समितिमा चिन्ता, राष्ट्रिय अनुगमन समिति बनाउन सरकारलाई निर्देशन

कालोबजारी रोक्न नसकेको भन्दै संसदीय समितिमा चिन्ता, राष्ट्रिय अनुगमन समिति बनाउन सरकारलाई निर्देशन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
१७ असार, काठमाडौं । व्यवस्थापिका संसद अन्तरगतको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले भुकम्पपछिको संकटपूर्ण घडिमा समेत कालो बजारी नियन्त्रण गर्न सरकार उदाशिन देखिएको भन्दै उच्चस्तरीय अनुगमन संयन्त्र तयारगर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिले त्यस्तो राष्ट्रिय अनुगमन समिति बनाउने कार्ययोजना तयार गर्न पनि वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापालाई समिति बैठकमा उपस्थित गराएरै समिति सभापति भिष्मराज आङदेम्बेले भने, ‘हरेक मन्त्रालयमा अनुगमन टोलि गठन गर्ने, तर, कामकारबाही र उपलब्धीका हिसाबले त्यस्ता समितिको औचित्य पुष्टि गर्न नसक्ने अवस्था छ ।’

उनले प्रधानमन्त्रीकै स्तरबाट समन्वय खोज्ने गरी आवस्यक संख्यामा सरोकारवाला मन्त्रालय र विज्ञसहितको उच्च स्तरीय राष्ट्रिय अनुगमन समिति गठन गर्नुपर्ने अवस्था आएको बताए ।

यसका लागि मन्त्रालयले कार्यविधी तयार पारेपछि मन्त्री परिषदमार्फत नै त्यसलाई कार्यान्वयन गर्ने सभापति आङ्देम्बेले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL