Logo

कृषि मन्त्रीको राजीनामा स्वीकृत, धान दिवसको रमाइलोले गुम्यो मन्त्री पद

कृषि मन्त्रीको राजीनामा स्वीकृत, धान दिवसको रमाइलोले गुम्यो मन्त्री पद


रामराजा श्रेष्ठ
0
Shares

 

बिजखबर संवाददाता
१७ असार, काठमाडौं । सामाजिक सञ्जालहरुमा भएको व्यापक आलोचना र त्यसले सृजना गरेको चौतर्फि दबाबका कारण अन्ततः कृषि मन्त्री हरिप्रसाद पराजुलीले आप्mनो पदबाट राजिनामा दिएका छन् । उनको राजीनामा प्रधानमन्त्री सुशील कोइरालाले भर्खरै स्वीकृत गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।

मन्त्री पराजुलीले बिहिवार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवासमा पुगेर राजिनामा बुझाएका थिए । पार्टीअध्यक्ष मार्फत बुझाएको राजीनामा स्वीकृत भएको हो ।

यसअघि गत मंगलवार असार १५ अर्थात् धान दिवस मनाउन काठमाडौंको मूलपानी पुगेका उनले ‘हिलो खेल्ने’ भन्दै स्थानीय महिलाहरुप्रति हिंसात्मक कृयाकलाप गरेका भिडियो र तस्वीरहरु सार्वजनिक भएका थिए । उक्त तस्वीरहरुलाई लिएर बुधवार सामाजिक सञ्जालहरुमा तीव्र आलोचना भएको थियो । उक्त घटनालाई लिएर हालै कार्यान्वयनमा आएको ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण ऐन’ मन्त्री पारजुलीप्रति आकर्षित हुने टिप्पणीहरु भएका थिए ।minister

तर, मन्त्री पराजुलीले बुधवार साँझ बीबीसी नेपाली सेवालाई अन्तरवार्ता दिँदै भनेका थिए, ‘मैले त्यस घटनालाई साँस्कृतिक जमघट र हिलो खेल्ने माहोलको रुपमा हेरेको छु ।’ उनले आफ्ने क्रियाकलापलाई लिएर गल्ति नगरेको दाबी गरिरहेका थिए ।

यद्यपि, एमालेकै उच्च पदाधिकारीहरुले सामाजिक सञ्जालमार्फत नै मन्त्री पराजुलीको क्रियाकलापप्रति असन्तुष्टि जनाएका थिए । व्यापाक आलोचनना भएपछि पार्टि अध्यक्ष ओली र उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले पराजुलीलाई राजिनामा दिन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL