Logo

अर्थमन्त्री भन्छन्, कालोगाडी चढेको छैन

अर्थमन्त्री भन्छन्, कालोगाडी चढेको छैन


रामराजा श्रेष्ठ
0
Shares

बिजखवर संवाददाता

२४ कात्तिक, काठमाडौं । आफुले कालो गाडी नचढेको अर्थमन्त्री डा. रामशरण महतले बताएका छन् । उनले केही दिनयता विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशित तथा प्रसारित समाचारहरुमा अनावश्यक रुपमा आफ्नो नाम समावेश भएको भन्दै सो कुरा बताएका हुन् ।

यस्तै, मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद देवकोटाले पनि अर्थमन्त्री डा. महतले बिगतका सरकारको निर्णय बमोजिम खरिद भएकै सवारी साधन प्रयोग गर्दै आएको बताए । ‘मन्त्रालयको योजना अनुरुप नयाँ सवारी साधन खरिदको प्रक्रिया त्यसैबेला शुरु भएको र बजेटमा पनि उसैबेला व्यवस्था भएको थियो,’ उनले भने, ‘मन्त्रीको इच्छा अनुसार मन्त्रालयले नयाँ सवारीसाधन खरिद गरेको हाइन ।’ साथै, मन्त्रीले कुनै कालो कार प्रयोग नगरेको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL