Logo

अर्थमन्त्री डा. महत र जाइका उपाध्यक्ष कोरोयांगीबीच छलफल, उद्योगमा लगानी गर्न आग्रह

अर्थमन्त्री डा. महत र जाइका उपाध्यक्ष कोरोयांगीबीच छलफल, उद्योगमा लगानी गर्न आग्रह


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
२४ कात्तिक, काठमाडौं । देशमा लगानी भित्र्याउने सम्बन्धमा अर्थमन्त्री डा. रामशरण महत र नेपाल भ्रमणमा रहेका जापान इन्टनरनेसनल कोअपरेसन एजेन्सी (जाइका)का तोसियुकी कोरोयांगीबीच औपचारिक रुपमा छलफल भएको छ ।

जाइकाका उपाध्यक्ष कुरोयानागी तथा जाइकाकै दक्षिण एसिया हेर्ने उपमहानिर्देशक कात्सुओ मात्सुमोतो जाइकाको सहयोगमा सञ्चालित आयोजनाहरुको प्रत्यक्ष अवलोकनका लागि आइतबारदेखि चारदिने नेपाल भ्रमणमा आएका छन् । उनीहरुले नेपालको सहायता रणनीतिका बारेमा सरकार तथा सम्वन्धित अन्य सरोकारवाला निकायसँग छलफल गर्ने छन् ।

jica_Fm
भेटमा अर्थमन्त्री डा महतले नेपाल र जापानबीच उच्चस्तरको द्विपक्षीय सम्वन्ध रहेको चर्चा गर्दै जाइका नेपालको आर्थिक सामाजिक विकासको लागि सक्रिय साझेदारको रुपमा रहेको बताए । विशेषगरी जाइकाले नेपालको पूर्वाधार विकास, संस्थागत विकास, शान्ति प्रक्रियाको सुदृढीकरण तथा ग्रामीण क्षेत्रको गरिबी घटाउने काममा उल्लेख्य सहयोग रहेको छ । सरकारको प्राथमिकता राजनीतिक स्थिरताका लागि सबैभन्दा पहिला संबिधान जारी गर्नु र आर्थिक सामाजिक विकासमा केन्द्रित हुनु रहेको बताए ।

लगानीको वातावरण निर्माणका लागि सरकार क्रियाशील रहेको जानकारी दिदै उनले जाइकालाई कार्यक्रम सञ्चालन गर्न अनुकूल वातावरण निर्माण गर्न सरकार तयार रहेको बताए ।  साथै पछिल्लो समय नेपालका उद्योग क्षेत्रमा लगानी गर्ने वातावरण सहज बन्दै गएको जानकारी दिँदै त्यस्ता क्षेत्रमा सहयोगको दायरा बढाउन आग्रह गरे  । अर्थमन्त्री डा. महतले जापानी स्वयंसेवकहरुले नेपालको कृषि क्षेत्रमा समेत उल्लेख्य योगदान पु¥याएको बताए । आगामी आवश्यक ठूलो साधन स्रोत परिचालनमा जापानजस्ता नेपाल प्रति शुभेच्छुकहरुको ठूलो भूमिका रहने उनको भनाइ थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL