Logo

दाता सम्मेलन सुरु, भारतले १ खर्व रुपैयाँ सहयोग गर्ने

दाता सम्मेलन सुरु, भारतले १ खर्व रुपैयाँ सहयोग गर्ने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१० असार,काठमाडौ । नेपालको पुनःनिर्माणका लागि अन्तरराष्ट्रिय सम्मेलन बिहीबारदेखि काठमाडौंको हेटल सोल्टीमा  शुरु भएको छ ।

भूकम्पबाट क्षतिग्रस्त नेपालको पुनर्निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले आयोजित सम्मेलनमा भूकम्पमा परी दिवङ्गत भएकाहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो ।

सम्मेलनमा भारतले नेपालको पूनः निर्माणका १ अर्व रुपैयाँ सहयोगको घोषणा गरेको छ । सम्मेलनमा सहभागी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले यस्तो घोषणा गरेकी हुन् । १ खर्व रुपैयाँमध्ये ४० प्रतिशत अनुदान र बाँकी ऋण सहयोग हुने उनले जानकारी दिएकी छिन् । स्वराजका अनुसार भारतले आगामी ५ बर्षभित्र नेपाललाई सो सहयोग उपलब्ध गराउने छ ।

जापान सरकारले नेपालको पुननिर्माणमा २६ अर्व सहयोगको घोषणा गरेको छ । सम्मेलनमा जापानी विदेश राज्यमन्त्री मिरोरु कियाचीले यस्तो घोषणा गरेको हुन् । भुकम्प प्रतिरोधात्मक विद्यालय निर्माण तथा आवास निर्माणका लागि सो सहयोग गरिएको बताइएको छ ।

सम्मेलनमा सहभागी चीनिया विदेशमन्त्री वा यीले ६५ अर्व सहयोगको घोषणा गरेका छन् । त्यस्तै नर्वेले पनि १० अर्व सहयोग गर्ने भएको छ ।
छ ।

प्रधानमन्त्री सुशील कोइरालाले विदेशी दाताबाट प्राप्त सहयोगको पारदर्शी संयन्त्र अपनाइने बताएका छन् । कोइरालाले भूगर्भविदहरुले  प्राकृतिक चेतावनी दिइरहेकाले सचेत र पूर्व तयारीमा बस्नुपरेको बताए।

त्यस्तै भूकम्पले क्षति पुर्याउदा दीगो र विकाससहितको पुनःस्थापना र पुनःनिर्माणमा जान अन्तरराष्ट्रिय समुदायलाई गुहार्नुपरेको जानकारी दिए  ।

त्यस्तै अर्थमन्त्री रामशरण महतले सम्मेलन लिन(दिने विषयमात्र नभएर मानवताका लागि गरिएको बताए । साथै उनले अन्तरराष्ट्रिय समुदायले नेपालको कृषि, पर्यटन, ऊर्जा क्षेत्रमा लगानी गर्न सक्ने जानकारी दिए ।

सम्मेलनमा परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले बिनाशकारी भूकम्पपछि नेपाललाई ६.७ बिलियन रकम आवश्यकता रहेको बताए । प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षाता रहेको सम्मेलनमा सहभागी भएका विदेशी पाहुनालाई परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले स्वागत गरेका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL