Logo

खानेपानीको महशुल भुक्तानी मोबाईलबाटै, इसेवाको प्राविधिक सहयोग

खानेपानीको महशुल भुक्तानी मोबाईलबाटै, इसेवाको प्राविधिक सहयोग


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३ असार, काठमडौं । कास्कीको लेखनाथ नगरपालिकामा अबदेखि खानेपानीको महशुल अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ । लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपभोक्ताहरूले अबदेखि आफ्नो मोबाईल अथवा आफुलाइ पायक पर्ने नजिकको साइबर, स्टेशनरी, किराना पसल तथा अन्य पसलहरुबाट समेत पानीकोे महशुल भुक्तानी गर्न सक्ने भएका छन्् । संस्थाले नेपालमै पहिलोपटक खानेपानीको क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगबाट उपभोक्ताहरुको खानेपानीको महशुल ईन्टरनेट तथा मोबाइलको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा सुरू गरेको हो ।

esewa

 

संस्थाले पेमेन्ट गेटवे कम्पनी इसेवासँगको सहकार्यमा अनलाइनबाटै रकम भुक्तानी गर्न सकिने सेवा सुरू गरेको हो ।

अनलाइनबाटै रकम भुक्तानीसेवाको सुरूवातबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष बोधराज लामिछानेले संस्थाले आफ्नो स्थापना कालदेखिनै उपभोक्ताको हितमा काम गर्दै आएको भन्दै उपभोक्तालाई बिल भुक्तानीमा पनि कुनै समस्या झेल्न नपरोस् भन्नका लागि अनलाइन भुक्तानी सेवा सुरू गरिएको बताए । ‘अनलाइन बिलिङ प्रणाली सुरू भइसकेपछि मोबाइल तथा ईन्टरनेटको माध्यमबाट बिल भुक्तानी गर्नुका साथै महशुल रकम कति उठ्यो र आफुले कति रकम भुक्तानी गरियो भन्ने जानकारी घरबाटै थाहापाउन सकिने छ,’ उनले भने ।

संस्थाले हाल लेखनाथ नगरपालिकाको कुल ५८ हजार ८ सय १६ जनसंख्या मध्ये ७८ प्रतिशत अर्थात् ४६ हजार जनसंख्यालाई पानी पुर्याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL