Logo

एफनसीसीआई र सीसीपीआइटी बीच सम्झौता, आर्थिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने

एफनसीसीआई र सीसीपीआइटी बीच सम्झौता, आर्थिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३ असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र अन्तराष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चीनियाँ परिषद् (सीसीपीआइटी)बीच व्यापार तथा लगानी विस्तारमा सहकार्य गर्ने समम्झौता भएको छ । सो सम्झौतापत्रमा महासंघको तर्फबाट महासंघका उपाध्यक्ष किशोर प्रधान र सीसीपीआइटी तर्फबाट उपाध्यक्ष यु पिङ्ग ले हस्ताक्षर गरेका हुन् । हस्ताक्षर कार्यक्रममा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ सहित प्रतिनिधिमण्डलको उपस्थिति थियो ।

Fncci-ccpit

उक्त सम्झौतामा चीन दक्षिण एशिया व्यावसायिक परिषदको संरचनामा रही सिल्क रोड इकोनोमिक बेल्ट र २१ औं शताब्दिको सामुन्द्रिक सिल्क रोडको क्षेत्रमा पारस्परिक व्यावसायिक सम्बन्धलाई सुदृढिकरण गर्न संयोजन गर्ने, वार्षिक द्विपक्षीय बैठकको आयोजना गरी द्विपक्षीय सहकार्यको संयोजन उल्लेख गएिको छ । साथै, कार्यान्वयन तथा अनुगमन गर्न विशेष टोलीको व्यवस्था गर्ने, सूचनाको आदान प्रदान गर्ने, व्यावसायिक प्रतिनिधिमण्डलको आदान प्रदान गर्न सहयोग गर्ने, संयुक्त रुपमा द्विपक्षीय बैठक गर्ने जस्ता सम्झौता गरिएको छ ।

उक्त सम्झौतामा सेमिनार, कार्यशाला गोष्ठि आदिको आयोजना लगायत अन्तर सरकारी तथा निजी क्षेत्र बीचका संवाद र छलफलको आयोजन गर्न एक अर्कालाई सहयोगमा सहजीकरण गर्ने तथा व्यावसायिक शीप तथा उद्यमी विकासको लागि तालिमहरुको संयुक्त आयोजना गर्नमा एकअर्कालाई सहयोग गर्ने लगायतका बुंदाहरु समेत समेटिएका छन् ।

चीनको युनान प्रान्तको कुनमिङ शह मा आयोजना भएको १० औं चीन–दक्षिण एशिया व्यावसायिक फोरम बैठकमा उक्त सम्झौता भएको थियो । भाग लिई महासंघको प्रतिनिधिमण्डल स्वदेश फर्किएको छ ।
बैठकमा महासंघको उद्योग समितिका सभापति उमेशलाल श्रेष्ठ, व्यापार मेला समितिका सभापति केशवराज पाण्डे, झापा उद्योेग संघका अध्यक्ष टिकाराज ढकाल, उद्योेग संगठन मोरङका उपाध्यक्ष मुकेश कुमार भट्टराई, महासंघका सहायक निर्देशकद्वय विष्णुराज ढकाल, अरुण कुमार श्रेष्ठ तथा उद्योेग संगठन मोरङका कार्यकारि अधिकृत सोमनाथ अधिकारी सहित उद्यमी व्यवसायीहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL