Logo

तल्लो तादीको डिटेल इञ्जिनियरिङ् अन्तिम चरणमा, २०७४ सम्ममा निर्माण कार्य सम्पन्न हुने

तल्लो तादीको डिटेल इञ्जिनियरिङ् अन्तिम चरणमा, २०७४ सम्ममा निर्माण कार्य सम्पन्न हुने


रामराजा श्रेष्ठ
27
Shares

बिजखवर संवाददाता ।
२४ कात्तिक, काठमाडौं । प्रवद्र्धक बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागको तल्लो तादी खोला जलविद्युत् आयोजनाको डिटेल इन्जििनियरिङ डिजाइनको कार्य अन्तिम चरणमा पुगेको छ । नुवाकोट जिल्लामा बन्न लागेको उक्त जलविद्युत् आयोजनाको बोलपत्र आब्हान गर्नका लागि ‘टेण्डर डकुमेन्ट’को तयारी समेत अन्तिम चरणमा बुद्धभुमीका अध्यक्ष पूर्णलाल श्रेष्ठले बताए । ‘हाल आयोजनालाई आवश्यक पर्ने पेनस्टक पाइप तथा इलेक्ट्रो मेकानिकल उपकरणहरु उत्पादन गर्न सम्बन्धित कम्पनीहरुसँग सामग्री खरिदका लागि छलफल भइरहेको  छ,’ उनले भने, ‘५ मेगा वाट क्षमताको उक्त  आयोजना निर्माण कार्य २०७४ को अन्त्यसम्ममा सम्पन्न हुनेछ ।’

१ अर्व रुपैयाँको लागतमा बन्न लागेको उक्त आयोजना निर्माणको अगुवाइ सिद्वार्थ बैंकले गर्नेछ । उक्त बैंकको अनुगावइमा बैंक अफ काठमाडौं, माछापुच्छे  बैंक तथा नेपाल क्रेडिट एण्ड कमर्स बैंकले ऋण उपलब्ध गराउने भएका छन् । वित्तीय व्यवस्थापन पूरा भएको अवसरमा आईतबार प्रवद्र्धक कम्पनीले नुवाकोटबाट देशका विभिन्न निकायमा प्रतिनिधित्व गर्ने व्यक्तित्वहरुलाई एकै ठाउँमा भेला पारी एक कार्यक्रमको आयोजना समेत गरेको थियो । उक्त कार्यक्रममा नुवाकोटबाट प्रतिनिधित्व गर्ने नेताहरु अर्थमन्त्री रामशरण महत, परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डे, नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीलगायतले उक्त आयोजनाले समयमै निर्माण सम्पन्न गरी देशको लोडसेडिङ कम गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL