Logo

ड्याङगोटे फाउण्डेशनले दियो राहतकोषमा १० करोड, थप सहयोग गर्ने प्रतिवद्धता

ड्याङगोटे फाउण्डेशनले दियो राहतकोषमा १० करोड, थप सहयोग गर्ने प्रतिवद्धता


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२ असार, काठमाडौं । नाइजेरियन कम्पनी ड्याङगोटे फाउण्डेसनले भुकम्प पिडितका लागि १० करोड रुपैयाँ सहयोग गरेको छ । फाउण्डेसनकी प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी निर्देशक जुएरा युसुफुले प्रधानमन्त्री सुशील कोइरालाई एक कार्यक्रमका बीच उक्त रकम बरावरको चेक हस्तान्तपरण गरिन ।

dongote-foundation

 

यसैगरी ड्याङगोटे फाउण्डेसनका अध्यक्ष एलिको ड्याङगोटेले प्रधानमन्त्री कोइरालालाई म्यासेज पठाउँदै नेपालमा आएको दैवी प्रकोपबाट भएको क्षतिप्रति आफूलाई निकै दुःख लागेको र आउँदा दिनहरुमा नेपाली भूकम्प पीडितहरुका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । ‘सम्पूर्ण विश्वका साथ हामी पनि नेपालमा आइ परेको विपत्तिप्रति सहानुभूति व्यक्त गर्दछौँ,’ ड्याङगोटे भने, ‘हामीलाई आशा छ की हामीले गरेको सानो सहयोगबाट नेपालवासीहरुलाई यस विपत्तिमा केही राहत पुग्नेछ ।’

कार्यक्रममा बोल्दै प्रधानमन्त्री सुशील कोइरालाले सम्पूर्ण नेपालवासी तथा नेपाल सरकारका तर्फबाट एलिको ड्याङगोटे तथा ड्याङगोटे फाउण्डेसनद्वारा यस विपत्तिमा नेपालप्रति व्यक्त गरिएको सहानुभूति र सहयोगका लागि कृतज्ञता व्यक्त गरे ।

१९९३ मा स्थापना भएको ड्याङगोटे फाउण्डेसनले आफ्नो स्थापना देखि नै नाइजेरिया भित्र तथा बाहिर सहयोगी हातहरु बढाउँदै आएको छ । ड्याङगोटे फाउण्डेसनले स्वास्थ्य, शिक्षा तथा आर्थिक सशक्तिकरणका क्षेत्रमा काम गर्दै सामाजिक तथा आर्थिक विकासमा सहयोग पुर्याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL