Logo

१ वर्षका लागि काठमाडौं उपत्यका संकटग्रस्त घोषणा, शेष घले विशेष दूत नियुक्त

१ वर्षका लागि काठमाडौं उपत्यका संकटग्रस्त घोषणा, शेष घले विशेष दूत नियुक्त


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३१ जेठ, काठमाडौं । सरकारले काठमाडौं उपत्यकालाई १ वर्षसम्मका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को आज वसेको बैंठकले भूकम्पबाट प्रभावित उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लालाई संकटग्रस्त घोषणा गरेको हो ।

भूकम्पले क्षति पुर्याएका र भत्काउनै पर्ने भवनहरु भत्काउनका लागि त्यससम्वन्धी कार्यविधि समेत बैठकले स्वीकृत गरेको छ ।

आज वसेको बैंठकले गैर आवासीय नेपाली संघ (एनआरएन)का अध्यक्ष शेष घलेलाई विशेष दूत नियुक्त गरेको छ । पुनर्निर्माण कोषमा रकम जुटाउनका लागि घलेलाई सरकारले विशेष दूत नियुक्त गर्ने निर्णय गरेको हो ।

आज वसेको बैंठकले पर्यटनमन्त्री कृपासुर शेर्पाको अध्यक्षतामा राष्ट्रिय प्रवद्र्धन समिति गठन गरेको छ भने कायम मुकायम महालेखा नियन्त्रकमा राजेन्द्र नेपाल र नेपाल ट्रष्टको कार्यालयको कायम मुकायम सचिवमा केदारबहादुर अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL