Logo

एनआरएनए अध्यक्षमा प्यानलसहित कुमार पन्त विजयी, यी हुन् विजयी उम्मेदवार

एनआरएनए अध्यक्षमा प्यानलसहित कुमार पन्त विजयी, यी हुन् विजयी उम्मेदवार



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन । संघको नवौं अधिवेशनबाट उनी विपक्षी कुल आचार्यभन्दा करिव २ सय बढी मतले विजयी भएका हुन ।

laxmi

उनी अध्यक्षमा निर्वाचित भएसँगै २ बर्षसम्म अध्यक्षको हैसिएतमा बस्नेछन । यस्तै संघको उपाध्यक्ष, महासचिव, कोषाध्यक्षमा पनि पन्तकै प्यानल बिजयी भएको स्रोतले जानकारी दिएको छ । जर्मनीमा बस्दै आएका पन्त जर्मनीमा होटल ब्यवसाय गर्दै आएका छन ।

बिहीबारदेखि भएको मतदानमा जम्मा २ हजार ३ सय ४४ मत खसेका थिए । जम्मा २ हजार ५ सय मतदातामध्ये केहीले भने मत खसाल्न पाएका थिएनन । बुधबारदेखि नै निर्वाचनको तयारी गरिएपनि २ पक्षको झगडाका कारण बिहीबारबाट मात्रै मतदान गरिएको थियो ।

यी हुन् विजयी उम्मेदवार ।


अध्यक्ष – कुमार पन्त
उपाध्यक्ष – बद्री केसी 
उपाध्यक्ष – अर्जुन कुमार श्रेष्ठ
उपाध्यक्ष – सोनम लामा 
उपाध्यक्ष – मन केसी 
उपाध्यक्ष – रविना थापा
महासचिव – डा. हेमराज शर्मा 
सचिव- गौरी जोशी
सचिव – आरके शर्मा 
कोषाध्यक्ष- महेश श्रेष्ठ
सह कोषाध्यक्ष- लोक दाहाल

प्रतिक्रिया दिनुहोस्
MBL