Logo

भुकम्प पिडितलाई सहकारीमार्फत लिएकोे ऋण मिनाहा गर्न अर्थको निर्देशन, २ प्रतिशत ऋणलाई सहज बनाउन आग्रह

भुकम्प पिडितलाई सहकारीमार्फत लिएकोे ऋण मिनाहा गर्न अर्थको निर्देशन, २ प्रतिशत ऋणलाई सहज बनाउन आग्रह


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२९ जेठ, काठमाडौं । व्यिवस्थापिका संसदको अर्थ समितिले भुकम्प प्रवाहित जिल्लाका व्यक्तिलाई सहकारीमार्फत लिएका ५० हजार रुपैयाँसम्मको ऋण मिनाहा गर्न दिर्नेशन दिएको छ । केही समय अघि सरकारले भुकम्प पिडितहरुलाई ५० हजार रुपैयाँसम्मको ऋण मिनाहा गरेको थियो । सोही अनुरुप अर्थ समितिले सो निर्देशन दिएको हो ।

यस्तै समितिले २० जिल्लामा तत्काल डिभिजन सहकारी कार्यालय र ७५ वटै जिल्लामा जिल्ला सहकारी कार्यालय खोल्न गरिवि निवारण मन्त्रालयललाई निर्देशन दिएको छ । सरकारले यस अघिको निर्देशन कार्यान्वयन नगरेको भन्दै पुनः निर्देशन दिएको हो ।

समितिले भुकम्पबाट क्षति भएका सहकारीलाई पुनस्र्थापना गर्न सरल ब्याजदरमा सुलभ तरिकाबाट ऋण उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । साथै, सरकारले उपलब्ध गराउन लागेको २ प्रतिशत ब्याजको ऋणलाई नेपाल राष्ट्र बैंकबाट निश्चित मापदण्ड बनाई सहकारी मार्फत पनि दिने व्यवस्था गराउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL