Logo

अर्थमन्त्री डा. महतले भेटे भारतीय वित्तमन्त्री, व्यापारघाटा न्युनिकरणमा सहयोग पुग्ने

अर्थमन्त्री डा. महतले भेटे भारतीय वित्तमन्त्री, व्यापारघाटा न्युनिकरणमा सहयोग पुग्ने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२८ जेठ, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महत र भारतीय वित्तमन्त्री अरुण जेट्लीबीच भेटवार्ता भएको छ । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. महतले आज जेट्लीसँग भेटवार्ता गरेका हुन् ।

भेटमा नेपाल–भारतबीचको बढ्दो व्यापार घाटालाई न्युनिकरण, भारतमा नेपाली उत्पादनहरुले व्यहोर्दै आएको काउन्टरभेलिङ ड्युटीजस्ता विषयमा छलफल भएको थियो । त्यसैगरी, नेपालमा भारतको लगानी तथा दुईपक्षीय व्यापार विस्ताका वारेमा पनि छलफल भएको थियो ।

उक्त कार्यक्रममा भारतमा नेपालीहरुको बैकखाता संचालन र भारु ५ सय र १ हजारको नोट सम्बन्धी विषयमा पनि छलफल भएको अर्थमन्त्रालको ट्वीटरमा उल्लेख गरिएको छ ।

साथै, केही समयअधि भारतका प्रधानमन्त्री नेपाल भ्रमणमा आएका बेला घोषणा भएको सहयोग रकमको उपयोग तथा कार्यान्वयनमा ल्याउने सम्बधमा समेत छलफल भएको थियो । अर्थमन्त्री महतले जेट्लीलाई आगामी असार १० गते हुन लागेको सहायता सम्मेलनको निम्तो दिएका छन् ।

भेटमा भारतका वित्तमन्त्री जेट्लीले भने नेपाललाई सक्दो सहयोग गर्ने बताएका छन् । साथै, नेपालको मागको सम्बन्धमा भारत सरकार सकारात्मक रहेको समेत जेट्लीले जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL