Logo

पर्यटनले बोर्ड पुनः सीइओ माग्यो, झण्डै ४ बर्षदेखि सीइओ पद खाली

पर्यटनले बोर्ड पुनः सीइओ माग्यो, झण्डै ४ बर्षदेखि सीइओ पद खाली


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२७ जेठ, काठमाडौं । नेपाल पर्यटन वोर्डले पुनः नयाँ प्रमुख कार्यकारी अधिकृत (सीइओ)को लागि आवेदन माग गरेको छ । ५ वर्षदेखि रिक्त उक्त पदका लागि बोर्डले पुनः आवेदन माग गरेको हो । बोर्डले यस अघि २०६८ कात्तिकमा सीइओ नियुक्तीका लागि आवेदन माग गरेको थियो ।

तत्कालिन सीइओ प्रचण्डमान श्रेष्ठले बोर्डको प्रमुख कार्यकारी अधिकृतबाट छोडेपछि त्यसयता सो पद पूर्ति हुन सकेको छैन । श्रेष्ठले सीइओबाट छाडेपछि सुभाष निरौलाले कार्यवाहक सीइओका रुपमा काम चलाउँदै आएका थिए । उनलाई पनि भष्ट्राचारको आरोप लागेपछि हाल सो पद खाली रहेको छ ।

बोर्डले बुधबार गोरखापत्रमा सुचना प्रकाशित गरेर नयाँ सीइओका लागि आवदेन माग गरेको छ । उक्त पदमा आवेदन दिन पर्यटन क्षेत्रमा १० वर्ष काम गरी स्नातकोत्तर उर्तिण गरेको हुनुपर्नेछ ।

tourism bord

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL