Logo

अर्थमन्त्री डा महत भारत भ्रमणमा, मोदीलाई सहायता सम्मेलनको निम्तो दिइने

अर्थमन्त्री डा महत भारत भ्रमणमा, मोदीलाई सहायता सम्मेलनको निम्तो दिइने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२७ जेठ, काठमाडौं । अर्थमन्त्री डा रामशरण महत भारतको ३ दिने भ्रमणका लागि बुधबार नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन् । भारतका वित्तमन्त्री अरुण जेट्लीको निमन्त्रणामा उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

अर्थमन्त्री डा महतले केही समय अधि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा घोषणा भएको सहयोग रकमको उपयोग तथा कार्यान्वयनका सम्वन्धमा पनि दुई पक्षबीच छलफल गर्नेछन् । त्यसैगरी भारतमा नेपालीहरुको बैंक खाता सञ्चालन, भारु ५ सय तथा १ हजारका नोटसम्वन्धी विषय, भारतमा नेपाली उत्पादनहरुले ब्योहोर्दै आएको काउन्टरभेलिङ ड्युटी, नेपालमा भारतको लगानी तथा दुईपक्षीय व्यापार विस्तारका बारेमा छलफल हुनेछ ।

अर्थमन्त्री तथा नेपाली प्रतिनिधिमण्डलका नेता डा महतले बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटी भूकम्पपछिको नेपाल सहायता सम्मेलनका लागि प्रधानमन्त्री सुशील कोइरालाको तर्फबाट निमन्त्रणा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । सहायता सम्मेलनमा भारतका अन्य मन्त्रीहरुलाई पनि निमन्त्रणा गरिएको छ । सम्मेलन आगामी असार १० गते काठमाडौंमा आयोजना हुने तय भैसकेको छ । अर्थमन्त्री डा महत उक्त सहायता सम्मेलनको संयोजक समेत रहेका छन् ।

अर्थमन्त्री डा महतको नेतृत्वमा भारत भ्रमणमा रहेको प्रतिनिधिमण्डलमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्रालयका उपसचिव युगराज पाण्डे पनि सहभागि छन् । उनी शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL