Logo

निजीक्षेत्रद्वारा १६ बुँदेको स्वागत, विकास निर्माण अधि बढ्ने आशा

निजीक्षेत्रद्वारा १६ बुँदेको स्वागत, विकास निर्माण अधि बढ्ने आशा


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२६ जेठ, काठमाडौं । दलहरुबीच भएको १६ बुँदे सहमतिको निजी क्षेत्रले स्वागत गरेका छन् । प्रमुखदहरुबीच भएको सहमतीले संविधान निर्माणमा सुनिश्चितता पैदा भई मुलुक अव निर्वाध अगाडी बढ्ने विश्वास सम्पूर्ण निजी क्षेत्रले लिएको छ । यसले स्वदेश एवं विदेशमा समेत नेपाल वारे सकारात्मक संदेश जाने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले राजनीतिक दलहरु बीच भएको सहमतीको स्वागत सहित खुशी व्यक्त गर्दै भुकम्पले थिलोथिलो भएको मुलुकलाई माथि उठाउन अव सिंगो मुलुकनै होमिने अपेक्षा गरेको छ ।

प्रमुख राजनीतिक दलहरु बीच भएको सहमतीप्रति विमती राख्ने दलहरुलाई समेत विश्वासमा लिएर शीघ्र संविधान निर्माण गरि मुलुकभित्र राजनीतिक स्थायित्व कायम गर्नेमा दलहरु सफल हुने विश्वास निजी क्षेत्रको छ

यसैगरी निर्माण व्यवसायी महासंघले पनि १६ बुँदे सहमतिको स्वागत गरेका छन् । नेपाली जनता महाभुकम्पबाट प्रताडित भइरहेको बेला दलहरुबीच भएको १६ बुँदे सहमतिले जनतामा केही आशा पलाएको महासंघले जनाएको छ । महासंघले मंगलवार एक विज्ञप्ती जारी गरी राजनीतिकदलहरुले अब फेरि घनिभुत छलफलमा सहभागी भई जतिसक्दो चाँडो नेपाली जनतालाई लोकतान्त्रिक संविधान दिनेमा आशावादी भएको जनाएको छ ।

वर्षौं देखिको राजनीतिक गतिरोध तोड्न सफल भएकोमा महासंघले मुख्य दलहरुलाई बधाई समेत दिएको छ । ‘राजनीतिक गतिरोधको अन्त्यसँगै अब मुलुकको आर्थिक विकास तीव्र रुपमा अघि बढी जनताको जीवनस्तर उकासिने छ,’ महासंघद्वारा विज्ञप्तीमा उल्लेख छ ।

मुलुकको समग्र निजी क्षेत्र अत्यन्त उत्साहित भएको अहिलेको अवस्थामा महाभुकम्पको त्रासदीपूर्ण घटनापछि भइरहेको राज्यको पुनर्निर्माण, पुर्नस्थापना र नवनिर्माणमा पनि महासंघले दलहरुबाट यस्तै सहकार्यको अपेक्षा राखेको समेत विज्ञप्तीमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL