Logo

३ युवाले बाँढे १५ लाख राहत, भुकम्पमा आमा गुमाएका बालकलाई बिबिएसम्म शिक्षा

३ युवाले बाँढे १५ लाख राहत, भुकम्पमा आमा गुमाएका बालकलाई बिबिएसम्म शिक्षा


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता
२१ जेठ,काठमाडौं । एभरेष्ट हाइयर सेकेन्डरी स्कुलसँगको सहकार्यमा ३  युवाले १५ लाख बराबरको राहत बितरण गरेका छन् ।

laxmi

साथै गागलफेदी सुनारटोलमा भुकम्पका कारण आमा गुमाएका  १ महिने बालकलाई बिबिएससम्मको निःशुल्क शिक्षा एभरेष्ट स्कुलमा गरिदिने व्यबस्था गरिएको स्कुलका सह प्रधानाध्यापक अनुप आचार्यले बताए ।

उनीहरुले बैशाख १२ र २९ गते गएको भुकम्पका कारण क्षति भएका गोरखा, काभ्रे, नुवाकोट, धादिङ, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र काठमाडौंका बिभिन्न गाबिसमा राहत बितरण गरेको जानकारी दिए ।

अनुप आचार्य ,एमडि शेख र देबि अंगाईले  ब्यक्तिगत रुपमा संकलन भएको राहत भुकम्प प्रभाबित गाबिसको सिफारिसका आधारमा बितरण गरेको  बताए ।

उनीहरुले  एभरेष्ट स्कुललाई आधार बनाएर संकलन भएको राहत चामल, दाल, नुन, खाने तेल, औषधी, चाउचाउ, बिस्कुट, मसला, चिउरा, सुत्केरी र बच्चाको लागि खाना बितरण गरिएको थियो बिदेशमा रहेको नेपाली बिद्यार्थीहरु, बिभिन्न पेशा र ब्यबशायमा सक्रिय रहेको ब्यक्तिहरुका कारण राहत संकलन र बितरण गर्न सकिएको एमडि शेखले बताए ।

उनीहरुले हालसम्म राहत बितरण कार्यलाई निरन्तरता दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL