Logo

आनद्वारा ४० वटा घुम्ती शौचालय वितरण, आवश्यकता अनुसार थप वितरण गरिने

आनद्वारा ४० वटा घुम्ती शौचालय वितरण, आवश्यकता अनुसार थप वितरण गरिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२० जेठ, काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले भुकम्प पिडितलाई घम्ती शौचालय वितरण गरेको छ । आनले ललितपुरको बुङमति र हरिसिद्धीमा संघका अध्यक्ष सन्तोष श्रेष्ठले एक कार्यक्रम बीच हस्तान्तरण गरेका छन् ।

शक्तिशाली भूकम्पका कारण सरसफाईको अभावले महामारी फैलिन सक्ने संभावनालाई केहि हदसम्म न्यूनिकरण गर्ने उद्देश्यले घुम्ती शौचालय वितरण गरिएको उनले बताए । हाललाई ६० वटा घुम्ती शौचालय वितरण गर्ने योजना भएको र आवश्यक भए उक्त संख्यामा थप गर्न सक्ने समेत उनले जानकारी दिए ।

उक्त हस्तान्तरण समारोहमा हरिसिद्वी विपत ब्यवस्थापन समितिका प्रतिनिधि धर्म गोविन्द महर्जन र बुंगमति गांउ विकाश समितिका प्रतिनिधिले यस विपतको समयमा नेपाल विज्ञापन संघवाट प्राप्त यस सहयोगका लागि दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL