Logo

पुनर्निर्माणको काम थाल्न साझेदारको सुझाव, सम्मेलनमा मन्त्री स्तरिय सहभागिता

पुनर्निर्माणको काम थाल्न साझेदारको सुझाव, सम्मेलनमा मन्त्री स्तरिय सहभागिता


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१८ जेठ, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महले आगामी असार १० गते गर्न लागिएको सहायता सम्मेलनमा हरेक मुलुकबाट कम्तीमा मन्त्री स्तरिय सहभागिता चाहेको बताए । ‘नेपालको धनसम्पति मात्र क्षति नभई भावना र आत्मविश्वास समेत खस्किएको छ,’ मन्त्रालयमा आयोजित विकास साझेदारसँगको छलफल कार्यक्रममा उनले भने, ‘यो अवस्थामा अन्तरराष्ट्रिष्य साथ र सहयोग चाहिएको छ ।’

सरकारले अव पुनर्निर्माणमा ध्यान दिएको बताउँदै सो कार्यको लागि ठूलो मात्रामा रकमको आवश्यक भएको उनले जानकारी दिए । ‘हामीले तत्काल अस्थायी आवास निर्माणका साथै आगामी दिनमा भुकम्प प्रतिरोधी घर बनाई व्यवस्थित बसोवासको व्यवस्था गर्न लागेका छौं,’ उनले भने, ‘यसका लागि विकासा साझेदारहरुको ठूलो सहयोगको आवश्यक छ ।’ साथै, अव सरकार पुनर्निमाणमा केन्द्रित भएकाले त्यसमा सहयोग गर्न समेत आग्रह गरेका छन् । सरकार ‘जुझारु नेपाल’ भन्ने नाराका साथ अघि बढेको समेत उनले जानकारी दिए ।

development-partener
development-partener

कार्यक्रममा विकास साझेदारहरुले भने यथासक्दो पुनर्निणको काम शुरु गर्न सुझाव दिएका छन् । विपतपछिको आवश्यकता मुल्याङ्कन तत्काल गर्न समेत उनीहरुले सुझाएका छन् । कार्यक्रममा सवैजसो विकास साझेदारहरुले पुनर्निर्माण आयोग प्रति चासो व्यक्त गरेका छन् । आयोग मार्फत छिटो काम गर्नुपर्ने र सो कार्यका लागि आफुहरुले सक्दो सहयोग गर्ने समेत उनीहरुको भनाइ थियो । साथै, उक्त आयोगको अनुगमन गर्नको लागि छुट्टै संयन्त्र बनाउन समेत साझेदारहरुले सुझाव दिएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL