Logo

गुगलले विकास गर्यो स्मार्ट फेब्रिक, कपडाले गर्छ टचस्क्रिनको काम

गुगलले विकास गर्यो स्मार्ट फेब्रिक, कपडाले गर्छ टचस्क्रिनको काम


रामराजा श्रेष्ठ
0
Shares

१८ जेठ,काठमाडौं । सर्च इन्जिन गूगलले स्मार्ट फेब्रिकको विकास गरेको छ । जसबाट निर्माण हुने कपडाले टचस्क्रीनको जस्तै काम गर्नेछ ।

laxmi

गूगलले अमेरिकी  कम्पनी लिभी स्ट्रउससँग मिलेर यस प्रकारको कपडा बनाउन लागेको हो ।

गूगलले एडभान्स्ड टेक्नोलोजी एण्ड प्रोजेक्ट्स प्रयोगशालाको प्रोजेक्ट ज्याकार्ड अन्र्तगत एउटा धागोको विकास गरिरहेको छ  । जुन टच सेन्सेटिभ तथा दह्रो  हुनेछ । सो धागोबाट कुनैपनि कपडा सकिन्छ ।
ज्याकार्ड धागो हेर्दा अन्य सूती, पोलिस्टर, अथवा सिल्कको धागो जस्तै हुने गूगलले उल्लेख गरेको छ ।

टच सेन्सेटिभ धागोमा पातलो, रेशमको धागो वा मिश्र धातु (मेटालिक एलोए)सँग मिसाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL