Logo

राहतको जस्तामा स्थानीयको हस्पक्षेप, अनावश्यक आरोप लगाएको महतको दावी

राहतको जस्तामा स्थानीयको हस्पक्षेप, अनावश्यक आरोप लगाएको महतको दावी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१६ जेठ, काठमाडौं । इनभेष्टमेन्ट बैंकले नुवाकोट जिल्लाका स्कुलमा बाड्न लगेको जस्तापातामा स्थानीय वासीले हस्तक्षेप गरेका छन् । बैंकले जिल्लाका विभिन्न ६ वटा गाउँ विकास समितिका स्कुलमा बाड्न लगेको जस्तापाता बेच्न लगेको आरोप लगाउँदै थानसिङ गाविसका स्थानीयले बीच बाटोमै हस्तक्षेप गरेका हुन् ।

बैंकले संस्थागत सामाजिक उत्तर दायित्व अन्तरगत भुकम्पबाट भत्किएका विद्यालयलाई वितरण गर्नका लागि ३ सय बण्डल जस्ता लगेको थियो । शुक्रबार सो जस्तापाता कविलास र पञ्कन्या गाविसमा वितरण गरेर भद्रुटार र महाकालीका स्कुलमा वितरण गर्न लैजादा स्थानीय वासीले अनावश्यक आरोप लगाएर हस्तक्षेप गरेका अर्थमन्त्रीका पीए रमेश महतले जानकारी दिए । ‘बैंकले २ वटा गाविसका स्कुलमा जस्तापाता वितरण गरेपछि सोही बाटो फर्काएर भद्रुटार र महाकाली लैजान लागेका थिए,’ उनले भने, ‘तर, केही व्यक्तिहरुले अनावश्यक लाञ्छना लगाएर बदनाम गर्न खोजेका छन् ।’

बैंकले जिल्लाका कविलास, पञ्चकन्या, भद्रुटार, महाकाली, चौघडा र खानीगाँउ गाविसका स्कुललाई जस्तापाता वितरण गर्न लगेको थियो ।

नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला भने यस विषयमा आज छलफल हुने बताए । ‘बैंकले २ वटा गाविसमा वितरण गरेर सोही बाटो फिर्ता भएर अन्य गाविसमा लैजान लागेका रहेछन्,’ उनले भने, ‘अन्य गाविसमा लैजाने बाटो र काठमाडौं लैजाने बाटो एउटै भएकाले स्थानीयले हस्तक्षेप गरेको हुनसक्छ ।’ साथै, सो विषयमा आजै बैंकका प्रतिनिधिसँग छलफल गरेर टुङ्गो लगाइने समेत उनले जानकारी दिए ।

यता बैंकले भने स्कुललाई राहत स्वरुप बाड्न लगेको जस्तापातामा स्थानीय वासीले अनावश्यक हस्पक्षेप गरे अन्य जिल्लामा लगेर वितरण गरिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL